लण्डनमा पृथ्वीनारायणको सम्झना

  • शनिबार, २८ पुष, २०७५
  • 2 months ago
  • युके

लण्डन । २ सय ९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बेलायतमा पनि एक कार्यक्रम गरी मनाइएको छ । 

 

हरेक वर्ष जस्तै संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा सम्पन्न कार्यक्रममा यहांस्थित नेपाली समुदाय र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रह्यो  । 

 

संगठनका अध्यक्ष भरत रोका क्षेत्रीको अध्यक्षतामा लण्डनको सडवरीस्थित हिमालयन क्लबमा गरिएको कार्यक्रमका वक्ताहरुले नेपाल राष्ट्रका निर्माताका रुपमा पृथ्वीनारायण शाहको योगदानको इतिहास कहिल्यै नमेटिने धारणा व्यक्त गरे । 

 

पछिल्लो  समय नेपाल सरकार र राजनीतिक दलहरुबाट राष्ट्र निर्माताको सम्मानमा कञ्जुस्याइं भएकोप्रति भने उनीहरुले गुनासो पोखे । पृथ्वीनारायणको योगदानलाई राजसंस्थासंग मात्रै जोडेर हेर्नु उपयुक्त नहुने विचार उनीहरुले राखे । 

 

कार्यक्रमका प्रमुख अतिथि तथा लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनले विश्वमाझ नेपाललाई एक स्वाधिन तथा स्वाभिमानी राष्ट्रका रुपमा स्थापित गर्न पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको बताए । नेपाल सरकारले पनि पृथ्वीनारायणबाट भएको राष्ट्र एकिकरणको महत्वलाई बुझेर पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाएको उनले उल्लेख गरे । 

 

कार्यक्रम आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले नेपालमा सरकार र राजनीतिक दलका नेताहरुले राष्ट्रनिर्मातालाई आवश्यक सम्मान दिन नसक्नु दुखद रहेको बताए । देशमा जस्तासुकै राजनीतिक परिवर्तनहरु भएपनि पृथ्वीनारायणले एकिकृत राष्ट्र निर्माण गरेको इतिहास कहिल्यै परिवर्तन हुन नसक्ने उनको भनाइ थियो । 

 

आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठनका अध्यक्ष भरत रोका क्षेत्री

 

 

विशेष अतिथि बुद्धिजिबी डा राघवप्रसाद धिताल (ओबिई) ले पृथ्वीनारायण शाहको विषयमा नकारात्मक टिप्पणी हुनुको पछाडि अध्ययनको कमी तथा अज्ञानता कारक रहेको दाबी गरे । एकिकृत राष्ट्र निर्माणको क्रममा पृथ्वीनारायण शाहले निर्वाह गरेको भुमिकालाई तत्कालिन समय र परिवेशको आधारमा मुल्यांकन गरिनुपर्ने उनको धारणा थियो । 

 

नेपाली सेनाका पूर्व सेनानी कुमार बस्नेतले पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्थाको घेराभित्र सिमित गरेर मात्र हेर्दा न्यायसंगत नहुने भन्दै राष्ट्र निर्माणमा उनले पुर्याएको योगदान बिर्सिन नहुने बताए । 

 

साहित्यकार विकलचन्द्र आचार्यले गोर्खा राज्य र नेपाल एकिकरणको इतिहास र पृष्ठभुमिका बारेमा बताए । लेखक हेमन्त पौडेलले नेपाल एकिकरण राष्ट्र निर्माण कि युद्ध अपराध विषयमा एक प्रस्तुति गरे । 

 

कार्यक्रममा एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहा मगर, विश्व हिन्दू महासंघका युरोप संयोजक खगेन्द्र पाठक, पर्यटन बोर्डका पूर्व प्रतिनिधि तथा समाजसेवी ध्रुव केसी, साहित्यकार हरिसिंह थापा, कृष्णजंग शाह, कृष्णप्रसाद ढकाल, रमेश लामा , महेश रेग्मी लगायतका वक्ताहरुले नेपाल राष्ट्रका निर्माताको रुपमा पृथ्वीनारायण शाहको योगदान सदैव स्मरणयोग्य रहने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा लण्डनस्थित नेपाली दूतावासका मिलिटरी एट्याजी कर्णेल कुमारबाबु थापा पनि उपस्थित थिए । 

 

कार्यक्रमको सुरुमा अतिथि तथा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमको सञ्चालन चेतमान केसीले गरेका थिए । 

 

देशमा गणतन्त्र स्थापना भएलगत्तै नेपाल सरकारले मनाउन छोड्दा समेत संयुक्त राष्ट्रवादी संगठन बेलायतले भने पृथ्वी जयन्ती तथा एकता दिवस हरेक वर्ष कार्यक्रम आयोजना गरी मनाउंदै आएको छ । सुरुका वर्षमा सहभागीहरु न्यून रहेपनि पछिल्ला वर्षहरुमा भने कार्यक्रममा सहभागिता बढ्दै गएको देखिन्छ । 

 

 


थप समाचार

आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

  • 15 minutes ago
आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

दोलखा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

त्यो घटनापछि ऐश्वर्याले सलमान खानलाई फर्किएर पनि हेरिनन्

  • 21 minutes ago
त्यो घटनापछि ऐश्वर्याले सलमान खानलाई फर्किएर पनि हेरिनन्

एजेन्सी । आज पनि सलमान खानका लवका किस्साहरु उत्तिकै चर्चित रहेका छन् । सबैभन्दा बढी चर्चामा रह्यो उनको र ऐश्वर्याको सम्बन्ध । सन् २००० को सुरुवातसँगै उनीहरुको प्रेम सम्बन्ध

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

  • 50 minutes ago
नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानी



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।