गृहपृष्ठ ∕
राजनीति ∕
भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पारिन्छः गृहमन्त्री श्रेष्ठ भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पारिन्छः गृहमन्त्री श्रेष्ठ
फाइल फाेटाे
काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पारिने बताएका छन्। मंगलबार गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि भ्रष्टाचारी हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको उनको भनाई छ। तर, भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने उनको भनाई छ।
१०० किलो सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे पत्रकारहरुले गरेको प्रश्नमा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए। विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास भएको उनको भनाई छ। यद्यपी, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध रहेको उनको भनाई छ।
तथ्य र प्रमाणको आधारमा सुन प्रकरणको दोषिलाई कारबाहीको दायरामा ल्याउने मन्त्री श्रेष्ठको भनाई छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।
काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको
काठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्
काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले