आन्दोलनरत् नर्स र अस्पतालबीच आइतबार राति सहमति

  • सोमबार, ६ जेष्ठ, २०७६
  • 1 month ago
  • नेपाल
Education Park

भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आइतबार राति १० बुँदे सहमति भएको छ ।

 

सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स जिता बरालले अनशन तोडेका छन् । 

 

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत् नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेको नेतृत्वमा नेपाल नर्सिङ सङ्घकी अध्यक्ष तारा पोखरेल र नेपाल शेर्पा महिला सङ्घकी अध्यक्ष ङिमी शेर्पाको रोहवरमा सहमति भएको हो ।

 

सहमतिमा केन्द्रमा करारमा रहेको स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट नियमावलीको आधारमा शुरुमा प्राविधिक तर्फका पदको विज्ञापन गरि परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन एवं परीक्षा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने सहमति भएको छ ।

 

त्यस्तै यस केन्द्रका लागि आईसियू तथा यूरोलोजी विभाग लोकसेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने, त्यसपछि कार्डियोलोजी, हेपाटोलोजी विभागको स्थापना गर्ने, परीक्षा सञ्चालन गर्दा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको उमेर वा अरु कुनै कारणले नियुक्ति नपाएमा खाइपाइ आएको करार नियुक्तिलाई निरन्तरता दिने सहमति भएको छ ।

 

नेपाल सरकारको स्वास्थ्य ऐन तथा श्रम ऐनसँग बाझिएका यस केन्द्रका नियमावलीलाई परिमार्जन एवं संशोधन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारी सहभागी कार्यदल गठन गरि संशोधनका लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने सहमति भएको छ ।

 

लोकसेवाको मौखिक अन्तवार्ताको निष्पक्षताका लागि लोकसेवा आयोगबाटै अन्तवार्ताका लागि आह्वान गर्ने, परीक्षा आगामी कात्तिक महीनाको तिहारपछि सञ्चालन गर्न केन्द्रसमेतले सम्बन्धित निकायलाई अपिल गर्ने, केन्द्रमा तत्काल नर्सिङ डाइरेक्टर करारमा नियुक्ति गरी स्थायी प्रक्रिया अगाडि बढाउने, केन्द्रको भौतिक विकास तथा सेवा सुविधा साथै स्तर उन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ । 

 

अनशन र आन्दोलनका क्रममा घाइते तथा बिरामी स्वास्थ्यकर्मी तथा कर्मचारीको निःशुल्क उपचार गर्ने र गिरफ्तार भएकाको तत्काल रिहाइ गरी मुद्दा फिर्ता लिने सहमति भएको छ । अस्पताल प्रशासनले आज राति नै विज्ञप्ति सार्वजनिक गरि आन्दोलनरत् पक्षसँग सहमति भएकाले तत्काल सेवामा फर्कन र बिरामीको उपचारमा निरन्तर लाग्न आग्रह गरेको छ ।  


थप समाचार

१९ वर्षीय खेलाडीलाई एट्लेटिको मड्रिडले गर्यो १२६ मिलियनको प्रस्ताव

  • 4 minutes ago
१९ वर्षीय खेलाडीलाई एट्लेटिको मड्रिडले गर्यो १२६ मिलियनको प्रस्ताव

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले पोर्चुगिज क्लब बेन्फिकाका १९ वर्षीय खेलाडी जोआओ फेइलिक्सलाई १२६ मिलियन युरोको प्रस्ताव गरेको छ । बेन्फिकाले बुधबार बताए अनुसार फेइलिक्स किन्न एट्लेटिकोले मोटो

एसईईको नतिजा प्रकाशित

  • 15 minutes ago
एसईईको नतिजा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ ।

दक्षिण भारतीय फिल्मका यी चर्चित अभिनेत्रीहरुको उमेर कति ?

  • 39 minutes ago
दक्षिण भारतीय फिल्मका यी चर्चित अभिनेत्रीहरुको उमेर कति ?

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेत्रीहरु बलिउड अभिनेत्रीहरुभन्दा पनि बढी चर्चामा आउन थालेका छन् । कोही विवाहित छन् भने कोही अविवाहित छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।