प्रदेश नं. ३ मा भ्रष्टलाई ठाउँ छैन : मुख्यमन्त्री पौडेल

फाइल फाेटाे

हेटैँडा । मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैबाट सुरु गर्न अनुरोध गरेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवमा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार भएको बताए । 

 

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत हुने दाबी गरे । ‘‘हामी भ्रष्टप्रति अत्यन्तै निर्मम हुन्छौँ, प्रदेश नं. ३ मा भ्रष्टाचारीको कुनै गुञ्जायस छैन’, उनले भने । 

 

सो अवसरमा प्रदेश नं. ३ का प्रमुख सचिव आनन्दराज ढकालले सबैलाई ऐन नियमको परिधिभित्र रहेर काम गर्न अनुरोध गर्दै हामी सबैजना नीति नियमभित्र बाँधिएकाले ऐनविपरीत कार्य गरे छानबिन र कारवाही हुन सक्दछ भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए । 

 

उनले हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमा पारी गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख होमकला पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिकको परिचालनमा जोड दिइएको बताए । 

 

कार्यक्रममा कवि निमेष निखिल, भ्रष्टाचार नियन्त्रण अभियन्ता भीम श्रेष्ठ र पत्रकार महासङ्घ प्रदेश नं. ३ का अध्यक्ष प्रताप विष्टले तल्लो तहदेखि नै सफाइ अभियान चलाउनुपर्ने खाँचो औँल्याए । 

 

बारा, पर्सा, चितवन र मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भ्रष्टाचार नियन्त्रण अभियानमा लागेका अभियन्ता तथा पत्रकार महासङ्घका जिल्ला अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 9 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 10 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 10 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।