IIMS College

ISMT

HUB Education

गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण

  • बिहीबार, २८ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका पाँच वटा विधेयक बुधबार प्रमाणिकरण गरेका छन् ।

 

प्रदेश प्रमुख कुवँरले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५र७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’,‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘खोप सेवा ९सञ्चालन तथा व्यवस्थापन० सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका हुन् ।

 

नेपालको संविधान धारा १९९ को उपधारा १ मा गण्डकी प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ । पारित गरिएका दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम गण्डकी प्रदेश का कार्यबहाक सभामुख सृजना शर्माले प्रमाणित गरेकी थिइन् ।

 

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि विधेयक ऐन बन्छ । ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, असार ५ र ‘आर्थिक वर्ष २०७५÷७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेश सभाले असार ६ गते पारित गरेको थियो ।

 

यस्तै ‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘खोप सेवा ९सञ्चालन तथा व्यवस्थापन० सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई असार २४ गते प्रदेश सभाले पारित गरेको थियो ।

 

कार्यबहाक सभामुख शर्माले प्रमाणित गरेका पाँच वटै विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले पाउने बित्तिकै बुधबार नै पाँचरपाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए ।


थप समाचार

छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

  • 13 minutes ago
छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

टोखा । टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ ।

रोनाल्डोको घरमा बस्दै आएका रामोसले १२ मिलियन खर्चेर बनाए घर

  • 14 minutes ago
रोनाल्डोको घरमा बस्दै आएका रामोसले १२ मिलियन खर्चेर बनाए घर

एजेन्सी । स्पेनिस राष्ट्रिय टिम तथा रियल मड्रिडका कप्तान सर्जियो रामोसले १२ मिलियन युराे खर्चेर घर बनाएका छन् । रामोस तथा उनकी श्रीमती पिलार रुवियोले मड्रिडमा शानदार घर बनाएका हुन् । उनीहरुले १५ सय वर

यसरी पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिए

  • 20 minutes ago
यसरी पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिए

काठमाडौँ । महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।