ISMT

HUB Education

बेलायतमा नेपालको झल्को दिने कार्यक्रम ( फोटोफिचर )

  • आइतबार, २६ साउन, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

कुशल श्रेष्ठ, लन्डन ।

 

नेपालको झल्को दिने गरी बेलायतको चार्ल्टन मेरिडियन स्पोर्ट्स क्लबमा आयोजित प्रतिभा नक्षत्र २०१९ को उपाधि मुस्कान घिमिरे र मुस्कान श्रेष्ठले जितेका छन् । 

 

साना–साना बालबालिकाले विभिन्न नेपाली पहिरनमा तोते अङ्ग्रेजी लवजमा नेपालीमा आप्mनो परिचय दिंदै बुद्ध नेपालमा जन्मिएका हुन्, विश्वको उच्च शिखर सगरमाथा नेपालमा पर्छ भनिरहँदा कार्यक्रममा उपस्थित धेरैको आँखा रसाएका थिए । प्रवासी जीवन यापन गरिरहँदा हरेक दिन जसो आफ्नो मातृभूमिको याद आइरहेको हुन्छ । विदेशमै जन्मिएर त्यहीँ हुर्किरहेका दोस्रो पुस्ताका साना बाल बालिकाले नेपालको वर्णन गरिरहँदा अविभावक र उपस्थित अन्य व्यक्तिहरु भावुक हुनु स्वभाविक थियो ।

 

बेलायती नेपाली समुदायमा वर्षेनी कयौं कार्यक्रम आयोजना गरिँदै आएको छ तर सम्भवतः प्रतिभा नक्षत्र पहिलो कार्यक्रम हो जसले बेलायतमा हुर्किरहेका बालबालिकालाई समेट्दै नेपालको हरेक जात, धर्म, कला संस्कृति,  सहित सिङगो देशको प्रतिनिधित्व गर्छ । जस्का कारण कार्यव्रmम अन्य कार्यव्रmम भन्दा वृहत र पृथक रह्यो । 

 

प्रवासमा रहे तापनि नेपाली भाषा, भेष–भुषा, कला, संस्कृति, साहित्य, परम्परा र नेपालीपनलाई जोगाई राख्न साथै यसलाई युवा पुस्तामा हस्तान्तरण गरी सम्पुर्ण नेपाली समुदायलाई एक ढिक्का बनाई राख्ने  उदेश्यले राजेन्द्र खसको परिकल्पना र कलाकार मनिष श्रेष्ठको संयोजनमा  प्रतिभा नक्षत्र सन् २०१७ मा स्थापित भएको हो । 

 

 

संस्थाकी अध्यक्ष सिमी पुनको सभापतित्वमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा ब. सुवेदीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, विशिष्ठ गायक द्वय दीप श्रेष्ठ र योगेश्वर अमात्य, ग्रीनवीच बरोका लेबर पार्टी सांसद म्याथ्यु पेनिकुक, ग्रीनवीच काउन्सिलका डेप्युटी लिडर डेभिड गार्डनर लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

स्थानीय संसददेखि काउन्सिलका प्रतिनिधि समेत उपस्थित रहेको कार्यक्रममा खादा, भाषणका लागि समय उपलब्ध नगराइने भएकाले होला,  आफुलाई नेपाली समुदायको अगुवा, बरिष्ठ समाजसेवी, एनआरएन अभियन्ता मान्ने र विभिन्न सघं संस्थाका प्रतिनिधिहरुको उपस्थिति भने न्युन रह्यो ।

 

 

विगतका वर्षमा हलभित्र आयोजना गरिंदै आएको प्रतिभा नक्षत्र यस पटक खुल्ला मैदानमा मुख्य दुई अवधारणामा विभाजित थिए । पहिलो, खुल्ला मैदानमा भएका विभिन्न व्यापारिक, सुचना, स्वास्थ्य, नेपाली खानाहरु, नेपाली साहित्यिक घर, प्रतिभा नक्षत्र घरका प्रदर्शनीहरु थिए, जसले स्थानीय समुदाय एकता र आप्mना मौलिकताहरु विभिन्न समुदायमा आदान प्रदान गराउने काम गरेका थिए । 

 

दोस्रो स्टेजमा विभिन्न कला क्षेत्रमा प्रतिसपर्धा गर्न बाल र युवा गरी २१ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए । बालबालिका तथा युवा युवतीहरुको प्रतिभा प्रदर्शनले उपस्थित सबैमा रोचकता छाएको देखिन्थ्यो । यस प्रतियोगितामा बाल विधातर्पmबाट पहिलो, दोस्रो र तेस्रो क्रमशः मुस्कान श्रेष्ठ, नित्याश्री खरेल र माया इबिरे वारिका भई नगद पुरस्कार क्रमशः ३००, २०० र १०० पाउण्ड सहित गिफ्ट ह्याम्पर प्राप्त गरे साथै बाँकी सबैले ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए । त्यस्तै बाल विधामै बेष्ट पर्फर्मेन्समा आर्या अधिकारी र बेष्ट नृत्य प्रस्तोतामा निश्चलता राईले त्रमशः ५० पाउण्ड सहित प्रमाण पत्र र मायाको चिनो प्राप्त गरेका थिए । 

 

 

युवा विधातर्पm पहिलो, दोस्रो र तस्रो त्रमशः मुस्कान घिमिरे, निश्चल गुरुङ र रुपा चाम्लिङ राई भई त्रमशः ५००, ३०० र २०० पाउण्ड नगद सहित पहिलोले पेन्टिङ, गिफ्ट  ह्याम्पर, ट्रफी र प्रमाण पत्र भने बाँकी सबैले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

 

बालबालिका, युवाहरुको प्रतिभालाई प्रोत्साहन गर्न कम उमेरमा पुस्तक लेख्ने बाल प्रतिभा निशान्त कार्कीलाई सम्मान पत्र र युवातर्पm बेष्ट नृत्यमा एरोन गुरुङले ५० पाउण्ड नगद सहित प्रमाण पत्र र मायाको चिनो प्राप्त गरे । सोही अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठ र गायिका मिरा राणालाई चित्रकार निमा दोर्जेद्वारा बनाइएको गायक गायिका स्वयम्कै पोट्रेट चित्रकला प्रदान गरी सम्मान गरिएको थियो ।

 

 

 

निर्णायक मण्डलको भूमिकामा प्रख्यात वरिष्ठ गायिका मिरा राणा, गायिका शर्मिला बर्देवा, संचारकर्मी श्रद्धा अर्याल साथै नृत्य निर्देशक शान्त कुमार थापा मगरहरुले निभाउनु भएको थियो ।

 

कार्यक्रममा बेलायतका विभिन्न भाग स्कटल्याण्ड, वेल्स, मिडल्याण्ड, ससेक्स, इसेक्स, केन्ट लगायत युरोप बाट पनि विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रमुख अतिथि, विशेष अतिथिहरुबाट कार्यक्रम निकै प्रभावकारी र उदेश्यमुलक भएको विचार व्यक्त गरिएका थिए । त्यस्तै गायक योगेश्वर अमात्यले नेपाली कला संस्वृmति प्रवर्धन गर्ने उदेश्यले आयोजना गरिएको यस्ता किसिमका कार्यक्रमलाई नेपाली दूतावासबाट आर्थिक सहयागे हुनु पर्ने र यदि आर्थिक सहयोग गर्न नसके राजदूत आफै टिकट काटेर उपस्थित हुनु पर्ने जिकिर गरे ।

 

विजया दहाल भण्डारीको संयोजन रहेको प्रतिभा नक्षत्र २०१९ को पहिलो चरणको कार्यक्रम संस्थाका महासचिव लक्ष्मण गुरुङले संचालन गरेका थिए भने दोस्रो चरणको प्रतियोगितात्मक कार्यक्रम सुर्य गुरुङ र सोफिया महर्जन कार्कीले संचालन गरेका थिए । स्टेज कार्यक्रम संचालन गर्न पोक्त सोफियालाई सोही कार्यक्रमको लागि भनेर आयोजकले बेल्जियमबाट झिकाएका थिए ।

 

 

अपरान्ह १२ बजेदेखि साँझ ७ बजेसम संचालन कार्यक्रममा उपस्थित सबैले नेपाली खानाहरु, कला, साहित्य लगायतका कुराहरुमा आपूmलाई भुलाई पूर्ण मनोरञ्जन लिएका थिए । 

 

बेलायती नेपाली समुदायमा फरक पहिचान सहित स्थापित संस्था प्रतिभा नक्षत्रलाई यस वर्ष बिग लोट्रीले प्रदान गर्ने कम्युनिटी फन्डबाट केही रकम प्राप्त गरेको छ । बिग लोट्रीले स्थानीय स्तरमा नै पनि संस्थाले गर्दै आएको कार्य हेरेर कम्युिनटी फन्ड प्रदान गर्ने गर्छ ।

 

 

तस्वीर–आशिष महर्जन                       


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 6 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 6 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।