IIMS College

ISMT

HUB Education

पुदिना स्वास्थ्यको लागि निकै लाभ दायक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ । सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हुर्काउन गरिन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन् स्(

 

अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।

 

निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ भने पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् । सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् । एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।

 

ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् । पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ ।

 

प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ । सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दुर्गन्ध हट्छ ।

 

खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ । झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको मात्रा मिलाएर खाँदा फाइदा हुन्छ । न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 2 hours ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 3 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 4 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।