सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • बुधबार, १९ चैत, २०७६
  • 1 month ago
  • नेपाल

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा शुरु गरिन्थ्यो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि माफी माग्दै आज क्षमा पूजा गरिएको सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका–२५का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिए । 

 

कोरोना भाइरसको सङ्क्रमणको खतरा अन्त्य भएपछि स्वस्ति शान्तिसहित कोटीहोम गर्ने समितिले जनाएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको जात्रा एक हजार १४० वर्ष अघि शुरु भएको बताइन्छ । अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने यात्रा असनसम्म लैजाने गरिन्थ्यो । 

 

नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीका दिन कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनसम्म तान्ने गरिन्थ्यो । एकादशीका दिन लगनको पीपलबोटमा सेतोमच्छेन्द्रनाथका आमालाई तीनपटक घुमाउने परम्परा थियो । द्वादशीका दिन लगनबाट मच्छेन्द्रबहाल ल्याई सिन्दूर जात्रा गरेपछि पाँच दिन लामो जात्रा सकिने विधि थियो । 

 

काठमाडौँमा सेतो मच्छेन्द्रनाथको जात्रा भएपछि मात्र ललितपुरमा रातो मच्छेन्द्रनाथको जात्रा गरिन्थ्यो । रातो मच्छेन्द्रनाथको जात्रा अक्षय तृतीयाका दिनदेखि शुरु हुन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गुठी संस्थान, समिति, बहालका गुठियार, वडा कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधि सम्मिलित बैठकले जात्रा नगरी क्षमा पूजा गर्ने निर्णय गरेको थियो । 

 

 चामुण्डा मन्दिरमा क्षमा पूजा

 

यसैगरी आजकै दिन गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध क्षेत्रमा मनाइने श्रीगणेश, श्रीभैरव र चामुण्डा देवीको रथायात्रासमेत कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन स्थगित गरिएको छ । रथयात्रा स्थगित गरेपछि आज मन्दिरमा क्षमा पूजा गरिएको श्री चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषका अध्यक्ष बिमलमान श्रेष्ठले जानकारी दिनुभयो । जात्रा हुन नसकेपनि मूर्ति निकाली नजिकैको महाङ्काल भैरवस्थानसम्म घुमाएर ल्याइएको उनले बताए । 

 

कोरोना भाइरसको सङ्क्रमण अन्त्य भई विश्व शान्ति कायम होस् भन्ने सङ्कल्पले मन्दिर परिसरमा शतचण्डी पाठ भइरहेको छ । कान्तिभैरव गुरुकुल उत्तरवाहिनीका सात ब्राह्मण वटुकले शतचण्डी पाठ गरिरहेका जनाइएको छ । चैत्र शुक्ल नवरात्रको अवसर पारेर प्रतिपदादेखि शुरु गरिएको शतचण्डी द्वादशीका दिन सकी हवनसमेत गरिने जनाइएको छ ।


थप समाचार

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 7 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 7 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 51 minutes ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।