नापतौलद्वारा यी चार उद्योगलाई कारबाही

  • शुक्रबार, २५ साउन, २०७५
  • 1 month ago
  • अर्थ

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरबमोजिम नभएका चार उद्योगलाई कारबाही गरेको छ । 

 

विभागले बिहीबार गुणस्तरबमोजिम उत्पादन नगर्ने नारायणी सिमेन्ट उद्योग प्रालि बारा, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्ट्रिक प्रालि रुपन्देही र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौंलाई कारबाही गरेको हो । 

 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कारबाही गरिएका उद्योग गुणस्तरबमोजिम नरहेकाले कारबाही गरिएको जानकारी दिए । 

 

नारायणी सिमेन्ट उद्योग प्रालि बाराबाट उत्पादित सिमेन्ट नेपाल गुणस्तरबमोजिम नरहेको, नारायणी माइक्रो पाइप उद्योग प्रालिले गुणस्तरबमोजिम पाइप उत्पादन नगरेको, नवनेपाल प्लाष्ट्रिक प्रालि रुपन्देहीले नेपाल गुणस्तर बर्खिलाप हुनेगरी सेतो दाना प्रयोग गरेको र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँले नेपाल गुणस्तर चिह्न अनुचित प्रयोग गरेकाले कारबाही गरेको हो । 

 

जसमध्ये तीन उद्योगको इजाजतपत्र स्थगन गर्नुका साथै ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको विभागले जनाएको छ । 


थप समाचार

उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

  • 14 minutes ago
उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै छन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल

राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

  • 16 minutes ago
राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

नयाँदिल्ली । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गरेका छन्।

सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

  • 19 minutes ago
सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

काठमाडौँ । सरकारले समृद्धिको भद्दा भाषण गरेको पनि लामै भयो । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रका कार्यक्रम होस्, सरकारी बैठक नै किन नहोस् जताततै समृद्धिकै चर्चा हुने गरेको छ । दुई तिहाई प्



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।