रुस चीन सम्बन्ध इतिहासकै राम्रो— राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेकाछन् । 

 

इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ । 

 

उनले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक छैन भनेका छन् । उनले पछिल्लो सयमा रुस चीन सम्बन्ध नयाँ उचाईमा पुगेको धारणा पनि राखे । 

 

शनिबार सेन्ट् पिटस्बर्गमा चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिनुभएको एक अन्तरवार्तामा उहाँले सो धारणा राखेको समाचारमा जनाइएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि रुसको चीनसँगको सम्बन्ध थप सुमधुर भएको धारणा राखे । यस काँग्रेसपछि रुस र चीनको आगामी सम्बन्धलाई अझ अगाडि बढाउने वातावरण उक्त काँग्रेसले सिर्जना गरेको उनले बताए । 

 

 

उक्त अन्तरवार्ताका क्रममा उहाँले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताए । 

 

उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रुसको पनि समर्थन रहेको बताए । 

 

कोरियाको यस वार्ताले कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका साथै यस क्षेत्र र विश्वमा नै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने राष्ट्रपति पुटिनले बताए । 

 

चीनसँगको व्यापारिक सम्बन्धबाट आपूm पछिल्लो समयमा निकै सन्तुष्ट रहेको उनले बताए । उनले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएको बताए । 

 

रुस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनै पनि समस्या नरहेको धारणा राष्ट्रपति पुटिनले राखे । उनले पछिल्ला केही वर्षहरुमा व्यापारको मात्रामा पनि बृद्धि भएको बताए । 

 

हाल रुस र चीनबीचको व्यापार ८६ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । 

 


थप समाचार

न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  • 1 hour ago
न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन म

मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

  • 1 hour ago
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

क्वालालमपुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

  • 1 hour ago
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको वि



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।