कतारल पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने

एजेन्सी । कतारले आउँदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने घोषणा गरेको छ । 

 

कतारी विद्युतीय सवारी साधन उत्पादन गर्न नौ अर्ब अमेरिकी डलरको लगानीमा गाडी कारखाना स्थापना गर्ने कतारको योजना छ । 

 

यस्तो प्रकारको उत्पादन तथा कारखाना स्थापना गर्ने कार्य मध्यपूर्वमै पहिलो र नौलो हुने कतारी पत्रिका ‘कतार ट्रिवुन’ ले जनाएको छ । 

 

उत्पादनको जिम्मा कतार क्वालिटी कम्पनीका अध्यक्ष अलिविन नासिर अल–मिस्नाडले लिएका छन् । नयाँ उत्पादन हुने विद्युतीय सवारी साधन पेट्रोल तथा डिजेलबाट चल्ने गाडीभन्दा पूरै फरक प्रकारको हुने बताइएको छ । 

 

अध्यक्ष अल मिस्नाडले सन् २०२४ सम्ममा पाँच लाख गाडी उत्पादन गर्ने योजना बनाइएको जानकारी दिए । उत्पादित विद्युतीय गाडीहरु संसार भरका अन्य देशहरुमा निर्यात गरिने उनको भनाई छ । 

 

विद्युतीय सवारी साधन उत्पादनका लागि छ ओटा कम्पनी स्थापना गर्ने त्यसले सवारी साधनका फरक फरक पाटपुर्जा बनाउने उन्ले जानकारी दिए । पछिल्ला वर्षहरूमा विद्युतीय गाडी निर्माणलाई चीन, अमेरिका तथा यूरोपेली राष्ट्र लगायतका विश्वभर आकर्षण बढेको देखिएको छ ।

 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 4 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 5 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 5 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।