रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

पेरिस ।  रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । 

 

रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको एक गोप्य सूचनालाई उद्धृत गर्दै उक्त दैनिकले आफ्नो शुक्रबारको अङ्कमा लेखेको छ । 

 

यस समाचार रिपोर्टप्रति फ्रान्सको राष्ट्रपतिको कार्यालयका साथै विदेश मन्त्रालयबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । 

 

खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्सलगायतको सहयोगमा साउदी अरबले अतिवादी इस्लामिक समूहहरू तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेको छ । इरानलाई रियादको क्षेत्रीय प्रतिस्पर्धीका रूपमा हेरिने गर्छ । 

 

आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै केही खाडीमुलुकले लगाएको आर्थिक नाकावन्दी अन्यायपूर्ण भएको बताउदै आएको छ । 

खाडी मुलुकहरूले एक्लाइरहेका वेला कतारले रूस लगायतका नयाँ सहयोगीहरूको खोजी गरेको छ । 

 

कतारले यही वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस–४०० हतियार प्रणालीका बिषयमा छलफल चलिरहेको बताएको थियो । त्यतिवेला छलफल निकै अघि बढिसकेको बताइएको थियो ।

 

ले मोन्डेले भनेको छ, “साउदी राजा सलमानले हतियार खरिदबारे गहिरो चासो व्यक्त गर्दै फ्रान्सेली राष्ट्रपतिलाई लेखेको पत्रमा यसले क्षेत्रीय द्वन्द्वलाई बढाउने खतरा रहेको चेतावनी दिइएको छ ।” 

 

पत्रमा साउदी अरबले उक्त हतियार प्रणालीलाई नष्ट गर्न जुनकुनै उपाय अवलम्बन गर्ने र कतार विरुद्ध सैन्य कारबाही गर्न तयार हुने बताएको पत्रिकामा उल्लेख गरिएको छ । 

 


थप समाचार

भोकमारी र बेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यकः वरिष्ठ नेता पौडेल

  • 7 minutes ago
भोकमारी र बेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यकः वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र बेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् ।

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

  • 18 minutes ago
डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०बाट बाहिरिने चेतावनी दिएका छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिनुभएको अधिकारीहरुले जानकारी दिएका

नेपाल फर्कन भन्दै साढे तीन सय नेपालीले दर्ता गरे लण्डन दूतावासमा नाम

  • 27 minutes ago
नेपाल फर्कन भन्दै साढे तीन सय नेपालीले दर्ता गरे लण्डन दूतावासमा नाम

लण्डन । काेरोना महामारीपछि लागू भएको लकडाउनका कारण बेलायतमा रोकिएका साढे तीन सय नेपालीलले नेपाल फर्कन चाहेको भन्दै लण्डन दूतावासमा विवरण बुझाउका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।