ISMT

HUB Education

सरकार अविचलित अघि बढ्छ : पर्यटनमन्त्री अधिकारी

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । 

 

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएका हुन् । 

 

सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर नपार्ने मन्त्री अधिकारीले बताए । 

 

उनले भने, ‘हामीकहाँ डरलाग्दो कुरा के छ भने अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ । यस्ता क्रियाकलापका साथै विरोध मात्र गर्ने र काम नै हुन नदिने प्रवृत्ति राजनीति हैन अराजनीति हो तर अब कसैले पनि मुुलुकको विकास र समृद्धिलाई रोक्न सक्दैन ।’ 

 

नेपाल भ्रमण वर्षलाई लक्ष गरी पर्यटन क्षेत्रमा एक लाखको हाराहारीमा रोजगारी उपलब्ध गराउन सोहीमात्रामा तालीम दिइने योजना सरकारको रहेको जानकारी दिँदै उहाँले पदयात्रा, पर्वतारोहण, होटललगायत क्षेत्रमा यस्ता तालिम सञ्चालन गरिने बताए । 

 

पर्यटक वृद्धि हुनेक्रम बढेको पछिल्लो तथ्याङ्कले देखाएकाले समग्र पर्यटन क्षेत्रमा खुशी र उत्साहको सञ्चार छाएको भन्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक पु¥याउन कठिनाइ नहुने उल्लेख गरे । 

 

भ्रमण वर्षलाई सार्थक तुल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्सलाई) को प्रगति र प्रभावकारिताबिना मुलुकको पर्यटन उद्योग अगाडि बढ्न नसक्ने भन्दै उनले निगमभित्रका गलत र अनियमित गतिविधि छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए । 

 

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विदेशी पर्यटकलाई नेपालबारे सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने पथप्रदर्शकको पनि जिम्मेवारी भएकाले आफूले सिकेका ज्ञानलाई प्रयोगमा ल्याउन आग्रह गरे ।

 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मुलुकको पर्यटन उद्योगमा दक्ष जनशक्तिको माध्यमबाट प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन नयाँ पुस्ताका प्रदर्शकको महत्वपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । 

 

टानका अध्यक्ष नवराज दाहालले मुलुकको पदयात्रा पर्यटनमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताए ।


थप समाचार

नेप्से परिसूचक तीन अंकले घट्यो

  • 1 minute ago
नेप्से परिसूचक तीन अंकले घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४५ प्रतिशतले घटेको छ । साताको पहिलो दिन आइतबार आज परिसूचक घटेर १२०९.६२ अंकमा झरेको छ । आज नेप्सेमा १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता

सराेकार समितिकाे ठहर : उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय

  • 8 minutes ago
सराेकार समितिकाे ठहर : उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय

घोराही । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऊ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग गरेको छ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट विमानस्थलबाट फर्काइनुको रहस्य यस्तो

  • 23 minutes ago
गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट विमानस्थलबाट फर्काइनुको रहस्य यस्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई मदिरा सेवन गरेको र अभद्र व्यवहार गरेको आरोपमा त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?

विचित्र विश्व

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

एजेन्सी । यस पृथ्वीमा रहेका जीवजन्तु, जनाबर तथा मानिसको कुरा गर्दा सबैभन्दा बढि आयु कछुवाको हुने गर्छ । यसै कछुवासँग सम्बन्धित अन्य रोचक तथ्यहरु रहेका छन्, जुन तपाइलाई जानकारी नहुन सक्छ । यसबारे चर्चा गरौं ।