Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थराठी एडेसिभ र आईडिया नेपालबीच सम्झौता

राठी एडेसिभ र आईडिया नेपालबीच सम्झौता


काठमाडौँ। राठी एडेसिभ प्रालि र इन्टेरियर डिजाइनर एसोसियसन (आईडिया) नेपालबीच विभिन्न साझा गतिविधि सञ्चालनका लागि सम्झौता भएको छ।

दुवैको संस्थाको उदेश्य नेपाली उत्पादनलाई प्रोत्सान गर्दै बजारमा स्थापित गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउनु रहेकोले सम्झौता गरिएको राठी एडेसिभका कार्यकारी प्रमुख योगेश राठीले बताए। यस सहकार्याले विदेशी उत्पादनको आयतलाई कम गर्र्दै नेपाली उत्पादनलाई प्रोत्सान गर्दै लैजाने विश्वास दुवै संस्थाको छ। यस सहकार्यले नेपालको बढ्दो व्यापार घाटालाई समेत कम गर्ने दुवै संस्थाको दाबी छ।

आईडीया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठी कोलका उत्पादनहरु कम्पनीले भनेअनुसार उच्च गुणस्तरको रहेको र त्यसको कार्यक्षमता पनि शक्तिशाली रहेकोले काम गर्न सजिलो हुने बताए। नेपाली उत्पादन प्रयोग गरी बनेका इन्टेरियरका सामग्रीहरु बलियो हुने भएकोले विदेशी उत्पानद प्रयोग गर्न जरुरी नरहेको उनले बताए।

राठी एडेसिभले विगत ३५ वर्षदेखि अन्तर्राष्ट्रिय गुाणस्तरका विभिन्न एडेसिभ उत्पादन गर्दै आइरहेको छ भने आईडीया नेपालले इन्टेरियर डिजाइनरहरुको अधिकार र पहिचानको क्षेत्रमा काम गर्दै आइरहको छ।

आईडीया नेपालले २४ भदौमा होटल र्याडिसनमा टकसो आयोजना गर्दैछ। उक्त कार्यक्रममा राठी एडेसिभको पनि सहभागिता रहने छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी

Techie IT