IIMS College

ISMT

HUB Education

रवीन्द्र अधिकारीकाे ‘ह्याट्रिक’को विरासतलाई कायम राख्न नेकपा यसरी अघि बढ्दै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचार अभियानलाई तीव्र पारेको छ । नेकपाले उम्मेदवारसहित घरदैलो कार्यक्रमसँगै चुनाव प्रचारलाई व्यवस्थित र प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै वडामा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ ।

 

पोखरा महानगरका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३, मा चुनाव परिचालन वडा कमिटीको कार्यालय स्थापना गरेको नेकपा चुनाव प्रचारप्रचार उपसमितिका संयोजक त्रिभुवन पौडेलले जानकारी दिए । 

 

उनका अनुसार आज बिहान चुनाव हुने सबै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरिएको हो । वडा कार्यालय स्थापनासँगै चुनावी प्रचार अभियान टोलटोलमा पुग्ने नेकपाले बताएको छ । नेकपाले चुनाव लक्षित गरेर गत कात्तिक २२ पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रलम गरिसकेको छ भने उम्मेदवार विद्या भट्टराई अधिकारीसहित वडा नं १५, ३३ मा घरदैलो कार्यक्रम पनि भएको छ । 

 

वडा नं २१ मा अहिले उम्मेदवार भट्टराईसहित घरदैलो कार्यक्रम भइरहेको छ । उम्मेदवार भट्टराईसहित नेकपा गण्डकीका सहइञ्चार्ज खगराज अधिकारी, पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल लगायतका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागी छन् ।

 

वडा नं २० को भलाम र मौजामा पनि चुनाव परिचालन कमिटी स्थापना भएको छ । साविकका भलाम गाविस र मौजा गाविसको दुवै ठाउँमा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो । भलामको कार्यालयको महानगर कमिटीका सचिव विश्वकाप्रकाश लामिछाने र मौजा कार्यालयको साविक मौजा गाविसका पूर्वअध्यक्ष चित्रबहादुर गुरुङले उद्घाटन गर्नुभएको प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य श्रीराम सिग्देलले जानकारी दिए । 

 

रवीन्द्र अधिकारीले निर्वाचनमा ह्याट्रिक गरेको उक्त क्षेत्रमा त्यही विरासतलाई कायम गर्ने गरी नेकपा चुनावी प्रचार अभियानमा जुटेको हो । अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि हुन लागेको उपनिर्वाचनमा जितको मतान्तरलाई अझ बढाउने गरी चुनावी रणनीति बनाएर नेकपा चुनावमा होमिएको छ । उदीयमान नेता गुमाउनुको शोकलाई शक्तिमा बदलेर अधिकारीको अधुरो सपना पूरा गर्न उनको उत्तराधिकारीका रुपमा पत्नी विद्यालाई चुनावी मैदानमा उतारेर मतान्तरलाई १३ हजार पुर्याउने लक्ष्य लिएर चुनावी प्रचारमा जुटेको उम्मेदवार व्यवस्थापन उपसमितिका संयोजक धनराज आचार्यले बताए ।


थप समाचार

सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

  • 44 seconds ago
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

काठमाडौं । मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्

डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु

  • 8 minutes ago
डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु

डोटी । डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो । सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहे

भुटानी राजा र रानीको प्रेमकथा !

  • 1 hour ago
भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टे



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

विचित्र विश्व

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।