IIMS College

ISMT

HUB Education

उपनिर्वाचनको नतिजाबारे के भन्छ साझा पार्टी ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । उपनिर्वाचनमा नमिठो हार भोगेको साझा पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा विजयी सबै उम्मेदवारहरूलाई शुभकामना दिएको छ । 

 

उपनिर्वाचनको नतिजालाई आफ्ना कमी कमजोरीको समीक्षा गर्नु पर्ने सन्देश पाएको विज्ञप्तिमा उल्लेख छ । 

 

विज्ञप्तिमा भनिएको छ, ‘पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ। विधिको शासन भत्काइएको छ। जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ। गाउँ टोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ।’

 

यस्तो छ विज्ञप्तिः 

 

उपनिर्वाचनमा विजयी सबै उम्मेदवारहरू प्रति साझा पार्टी हार्दिक बधाई तथा जन प्रतिनिधिको रूपमा जनताका आकाङ्क्षा सम्बोधन गर्नमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छ।

 

साझा पार्टीले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी कमजोरीको समीक्षा गर्नु पर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको छ। हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने हुन्छ। नेपाल रूपान्तरणको राजनीतिक यात्रामा हामी रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।

 

राजनीतिक पार्टीको जनतासँगको प्रत्यक्ष सम्बन्धका लागि तल्लो तहसम्मको पार्टी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुन्छ। तर साझा पार्टीको सङ्गठन सञ्जाल बन्ने क्रममा नै छ। यसको अभावमा साझा पार्टी के हो, के होइन, यसले के गर्छ, के गर्दैन भन्ने जस्ता पार्टीबारेका आधारभूत जानकारी जनता माझ राम्रोसँग सम्प्रेषण हुन सकेको छैन।

 

पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ। विधिको शासन भत्काइएको छ। जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ। गाउँ टोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ।

 

सारा प्रतिकूलताका बाबजुद हामीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ। त्यस्तै, ‘मत’ नबदले पनि ‘मन’ बदलेर हामीप्रति आशा र भरोसा राख्ने ठुलो जमातले हाम्रो गतिविधिलाई नजिकबाट नियालिरहेको हामीले महसुस गरेका छौँ। आफ्ना गल्ती कमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्न हामी कटिबद्ध छौँ।

 

त्यसका लागि हामी छिटै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लागि पर्ने छौँ। साझा पार्टीका विचार, नीति र एजेन्डा जनता समक्ष प्रस्तुत र छलफल गर्नेछौँ। जनताका आकाङ्क्षा र हामीप्रतिको अपेक्षाका बारेमा सुन्ने छौँ। साझा पार्टी नेतृत्वकर्ताहरूको खोजी गर्नुका साथै सङ्गठन विस्तार गर्नेछौँ।

 

नेपाली जनताको विकास, संवृद्धि र सुशासनप्रतिको उत्कट चाहनाको जगमा हामी अझ सशक्त मेहनतका साथ अविराम अघि बढ्ने प्रण गर्दै मुलुक रूपान्तरणको यो अभियानमा सक्रिय सरिक हुन, सहयोग, सद्भाव र शुभेच्छासँगै खबरदारी गर्न पनि हामी सर्वैमा हार्दिक आग्रह गर्दछौ ।

 

डा सूर्यराज आचार्य

प्रवक्ता साझा पार्टी

मितिः १६ मङ्सिर २०७६


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 7 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 8 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 8 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।