Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थमुजैनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

मुजैनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु


काठमाडौँ। संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै विशिष्ट डिजिटल रेमिट्यान्स कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्ज वीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ओटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाइ जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै पैसा पठाउन सक्नेछन्। साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। र पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु। ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।

यस सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भन्नुभयो, “अल मुजैनी एक्सचेन्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग रेमिट्यान्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ। कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको र यहाँ पहिला देखि नै धेरै नेपालीहरुको वसोवास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ“।

अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो। हाल यस कम्पनीका कुवेतमा ११८ वटा शाखा सञ्चालनमा रहेका छन् ,जसले आफ्ना मूल्यवान ग्राहकहरूलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी

जेएमई र मनिग्राम इन्टरनेशनलबीच सम्झौता

काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा

Techie IT