बेलायतमा नेपाली महिलाको ज्यान लिएको सडक दुर्घटनामा २ जना दोषी ठहर

  • बिहीबार, १७ साउन, २०७५
  • 5 months ago
  • युके
मृतक राधिका गुरुङ

लण्डन । झण्डै २० महिनाअघि बेलायतमा एक नेपाली महिलाको ज्यान जाने गरी भएको सडक दुर्घटनाका दोषीहरुलाई यहि महिनाको अन्त्यमा सजाय सुनाइने भएको छ । 

 

सन् २०१६ को डिसेम्बर ९ तारिखको राती बेलायतको वकिङस्थित मनुमेन्ट रोडमा दुई वटा गाडी एकआपसमा ठोक्किएर भएको दुर्घटनामा राधिका गुरुङको मृत्यु भएको थियो । 

 

सडकमा ठोक्किएको गाडी उछिट्टिएर सडकछेउ हिडिरहेकी गुरुङलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । 

 

रेडिङकी २६ वर्षीया सारिन चौधरी र वकिङकै २७ वर्षीय बिलाल अली वाहिद सो घटनामा दोषी ठहर भएका हुन् । केयरलेयस ड्राइभिङबाट गुरुङको ज्यान लिएको अभियोग उनीहरुमाथि लगाइएको छ । 

 

उनीहरुमध्ये सारिन चौधरीलाई जुलाईको अन्तिम साता गिल्डफोर्ड क्राउन कोर्टमा तीन दिनसम्म चलेको ट्रायलपछि दोषी ठहर गरिएको थियो । अर्का दोषी बिलाल अली वाहिदले भने गत अप्रिलमा नै आफ्नो दोष स्वीकार गरिसकेका थिए । 

 

उनीहरु दुवैलाई यहि अगस्ट ३० तारिखका दिन गिलफोर्ड क्राउन कोर्टले सजाय सुनाउनेछ । 

 

मृतक गुरुङको स्मृतिमा उनको परिवारले राधिका कन्भिनियन्स स्टोर समेत सञ्चालनमा ल्याएको छ । ४९ वर्षीया मृतक गुरुङ भूपू गोर्खा पत्नी थिइन् । 

 

 


थप समाचार

स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

  • 23 seconds ago
स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

  • 19 minutes ago
अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउट

यमुना नदीबाटै पक्राउ परे खुङ्खार मानव तस्कर लोप्साङ लामा

  • 24 minutes ago
यमुना नदीबाटै पक्राउ परे खुङ्खार मानव तस्कर लोप्साङ लामा

काठमाडौँ । खुँखार मानव तस्कर लोप्साङ लामा पक्राउ परेका छन् । भारतीय बाटो हुँदै नेपाली युवती खाडी देशमा बेचबिखन गर्दै आएका लामालाई दिल्ली प्रहरीको विशेष सेलले यमुना नदीभित्र प्रवेश गरी पक्राउ गरेको हो



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।