ISMT

HUB Education

राडी बेच्नकै लागि ओखलढुङ्गादेखि काठमाडौंसम्म, वार्षिक १२ लाखसम्म कमाई !

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौँ आए । चालीस राडी ल्याएर आउनु भएका गुरुङले पुरै बेच्न लागेका छन् । ललितपुरको मङ्गलबजारमा भेटिएका गुरुङ साथीकहाँ बस्दै आएका छन् ।

 

वर्षेनी गुरुङ वर्षायाममा घरमा बसेर राडी बनाउनु हुन्छ । हिउँदमा देशका विभिन्न शहरमा पुगेर बेच्ने गर्छन् । उनी मात्रै होइन, परिवारका अन्य सदस्यले समेत राडी बनाउने गर्छन् । राडी बेच्न भने उनी विभिन्न शहर नै धाउँछन् । “पन्ध्र÷सोह्र वर्षको उमेरदेखि नै बुबाको पछि लागेर राडी बेच्न हिँड्न थालेको हुँ”, गुरुङले भने । गाउँका धेरै युवा विदेश पुगेपनि आफूलाई यही बसेर पुख्र्यौली काम गरिरहँदा गर्व लाग्ने उनले बताए । “बाबुबाजेका पालादेखि गरेका काम आफूले गर्ने र सन्तानलाई सिकाउँदा खुसी लाग्छ”, उनले भने । 

 

गुरुङ राडी बेच्न काठमाडौँ, धरान, झापा, मोरङ, नेपालगञ्जलगायत शहरसम्म पुग्छन् । साथीभाइ र आफन्त भएका ठाउँमा उनीहरुकै कोठामा तथा नभएका ठाउँमा होटल र लजमा बस्छन् । उनी राडी बेच्ने क्रममा ५० जिल्ला पुगिसकेका छन् ।“वार्षिक रु १२ लाखसम्म कमाइ हुन्छ”, उनले भने । त्यही पैसाबाट उहाँले राडी बनाउन ऊन किन्छन् । राडी बेचेर आएको पैसाबाट नै होटलमा बस्ने र भाडा तिर्ने गरेको उनले बताए । गाउँमा बसेर अरु काम गर्नुभन्दा यसमा आम्दानी राम्रो भएको उनको अनुभव छ । 

 

युवापुस्ताले राडी खासै नरुचाएको गुरुङको अनुभव छ । बुढापाकाले मात्रै रुचाउने हुँदा अहिलेसम्म बजार पाए पनि भविष्यमा नपाउने हो कि भन्ने चिन्ता उनमा छ । “विदेशमा बनेका महङ्गा ओड्ने ओच्छाउनेभन्दा यसको फाइदा धेरै छ” उनले भने । राडी बनाउन भेडाको ऊन किन्न टाढाटाढासम्म पुग्नुपर्ने हुन्छ । केही वर्ष पहिलेसम्म उहाँको गाउँमै भेँडापालन गरिन्थ्यो । गाउँमै ऊन पाइने हुँदा सजिलो भए पनि अहिले ऊनका लागि धेरै ठाउँ धाउनुपर्ने हुन्छ । 

 

सामुदायिक वनमा खुलारूपमा वस्तुभाउ चराउन नपाउँदा धेरैले पशुपालन छाडिसकेको गुरुङले बताए । भेँडाको ऊनलाई धोइपखाली गरी सुकाएपछि त्यसलाई कपासजस्तै गरेर फिट्नु पर्छ । त्यसपछि डोरीजस्तै बाट्ने र तान बनाएर राडी बनाउने गरिन्छ । एउटा परिवारका पाँच/छ जनासम्म खटिँदा १० देखि १२ दिनसम्ममा एउटा राडी बन्छ । युवापुस्ता विदेश जान थालेपछि राडी बनाउनेको सङ्ख्या घट्दै गएको गुरुङ बताउँछन् । 


थप समाचार

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 16 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

  • 19 minutes ago
भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

  • 20 minutes ago
अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

चितवन । जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?