स्वयम्भू क्षेत्रका १२ सय विपन्न परिवारलाई राहत वितरण

  • मंगलबार, २५ चैत, २०७६
  • 1 month ago
  • नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ ले स्वयम्भू तथा त्यस आसपास क्षेत्रका एक हजार २०० विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि उनीहरुलाई खाद्य सामग्री वडाद्वारा प्रदान गरिएको हो ।   

 

यही चैत २० गतेदेखि राहत वितरण शुरु गरेको उक्त वडाले स्थानीय किमडोल, मञ्जुश्री मार्ग, ठाडो भर्याङ, वनस्थली मार्ग, चःमतीलगायत स्थानका गरीब परिवारलाई चामल, पीठो, चिउरा, तेल, नुनलगायत सामग्री प्रदान गरेको छ । वडाध्यक्ष ईश्वरमान डङ्गोलले कोभिड–१९ का लागि स्वास्थ्य र राहत सामग्रीका लागि रु आठ लाख निकासा गरिएको जानकारी दिए । 

 

उनका अनुसार यही चैत १७ गते महानगरपालिकाको बैठकले राहत वितरण गर्ने निर्णय गरेको जनाइएको छ । त्यसपछि नियम बनाएर वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरिएको हो । प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरिएको भए पनि केही विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ । 

 

अझै ३५० परिवारलाई राहत उपलब्ध गराउन बाँकी रहेकाले उनीहरुलाई मङ्गलबार वितरण गरिने स्वयम्भूस्थित आनन्दनगर टोल सुधार समितिका उपाध्यक्ष सोनाम लामाले जानकारी दिए । चारजनाको परिवारलाई १२ किलो, पाँचजनाभन्दा बढी परिवार भएकालाई १६ किलो खाद्य सामग्री उपलब्ध गराइएको छ ।


थप समाचार

फेरि एकपटक अनुष्काको 'पाताल लोक'लाई लाग्यो यस्तो आरोप

  • 53 seconds ago
फेरि एकपटक अनुष्काको 'पाताल लोक'लाई लाग्यो यस्तो आरोप

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माको वेब सिरिज 'पाताल लोक' अनलाइन रिलिज भएदेखि नै विवादले घेरिएको छ ।

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 38 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 51 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।