जिससमा अख्तियारको टोलीको छापा

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 3 months ago
  • नेपाल

नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति (जिसस) को कार्यालय नुवाकोटमा बुधबार छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको छ ।

 

यहाँ वितरण भएका सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हुँदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले छापा मारेको हो ।

 

अख्तियारको टोलीले जिससको कार्यालयमा पुगेर आव २०६८/०६९ देखि चालु आव २०७४/०७५सम्मको सामाजिक सुरक्षा भत्ताको कागज नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको अख्तियारका शाखा अधिकृत कृष्णबहादुर दाहालले जानकारी दिए ।

 

“पहिलो चरणमा साविक कुमरी गाविसले पछिल्लो पाँच आर्थिक वर्षमा वितरण गरेको सामाजिक सुरक्षा भत्ताको सक्कल कागजात नियन्त्रणमा लिएर छानबिन थालेका छौँ”–दाहालले भने, “अन्य स्थानको कागजात आवश्यकताको आधारमा नियन्त्रणमा लिँदै जाने योजना बनाएका छौँ ।”

 

अख्तियारले आव २०६८६९ देखि २०७३/७४ सम्मको फाइल जिससबाट र चालु आव २०७४/०७५ को फाइल बेलकोटगढी नगरपालिकाबाट मगाउन लगाएर नियन्त्रणमा लिएको जनाएको छ । कुमरीलगायतका केही स्थानमा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता मृत्यु भइसकेका र हुँदै नभएका व्यक्तिलाई समेत कीर्ते कागज खडा गरी रकम निकासा भएको भन्दै सरोकारवालाले सूचना बाहिर ल्याएपछि अख्तियारले सक्रियता देखाएको हो ।

 


थप समाचार

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 27 minutes ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

  • 31 minutes ago
तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

  • 38 minutes ago
ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

काठमाडौं । मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थ ढुवानी रोकियो।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।