Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘इजरायल–हमास युद्ध सुरु गर्नमा हाम्रो महत्वपुर्ण भुमिका छ’

‘इजरायल–हमास युद्ध सुरु गर्नमा हाम्रो महत्वपुर्ण भुमिका छ’


एजेन्सी । इजरायल–हमास युद्ध सुरु हुनुका पछाडि धेरै देश र संगठनको भूमिका महत्वपूर्ण रहेको चर्चा चलेको छ । हमास विरुद्ध इजरायली सेनाको कारबाहीका क्रममा गाजा पट्टीमा पनि यसका धेरै प्रमाण भेटिएका थिए ।

इजरायली सेनाले हमास आतंककारीहरूबाट इरान र उत्तर कोरियाली हतियारको खेप बरामद गरेको छ।

यसैबीच लेबनानको खतरनाक इस्लामिक संगठन हिजबुल्लाहले ठूलो दाबी गरेको छ । इरान समर्थित यो संगठनले इजरायल–हमास युद्धमा आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी गरेको छ । हिजबुल्लाहले पहिलो पटक यो कुरा खुलेर स्विकार गरेको हो ।

लेबनानको चरमपन्थी संगठन हिजबुल्लाहले इजरायल र हमास बीचको युद्धमा मुख्य भूमिका रहेको र इजरायलले गाजा पट्टीमा जमिन आक्रमण गरेमा ठूलो मूल्य चुकाउनु पर्ने बताएको छ।

हिजबुल्लाहका उपनेता शेख नइम कासिमको यो कथन यस्तो बेला आएको हो जब इजरायलले दक्षिणी लेबनानमा बम विष्फोट र ड्रोन आक्रमण गरेको थियो र हिजबुल्लाहले इजरायलतर्फ रकेट र मिसाइल प्रहार गरेको थियो।

हिजबुल्लाहले शनिबारको आक्रमणमा आफ्ना छ जना लडाकु मारिएको बताएको छ, जुन दुई हप्ता अघि युद्ध सुरु भएयता एकै दिनमा भएको सबैभन्दा धेरै मृत्यु हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT