पूल्चाेक इन्जिनियरिङ क्याम्पसमा 'रेल्वे इन्जिनियरिङ' अध्यापनकाे तयारी

Education Park

काठमाडौँ । देशको आवश्यकताअनुसार विषय थप गर्ने क्रममा पुल्चोक इञ्जिनीयरिङ क्याम्पसले स्नातकोत्तर तहमा ‘रेल्वे इञ्जिनीयरिङ’ विषयको अध्यापन गर्ने भएको छ ।

 

यो सङ्काय थप्नका लागि त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परीषद् र नेपाल इञ्जिनीयरिङ परिषद्को अनुमोदन बाँकी रहेको क्यामम्पस प्रशासनले जनाएको छ । 

 

क्याम्पसले स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ सङ्काय थप्नका लागि पनि तयारी सुरु भएको सहायक क्याम्पसप्रमुख शिवकृष्ण दुवाले बताए । दुवै निकायले अनुमोदन गर्न ढिलाइ गरिरहेको उनको भनाइ छ । 

 

अनुमोदन ढिला हुँदा त्यसले निजी क्याम्पसलाई फाइदा पुग्ने र अभिभावक तथा विद्यार्थीलाई घाटा हुने उनले बताए । उनले भने, ‘जुन शुल्कमा यहाँ विद्यार्थीले पढ्न पाउँछन् निजीमा त्यो भन्दा महङ्गो भए पनि विद्यार्थी बाध्य हुन्छन् ।’ 

 

क्याम्पसमा अहिले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, कम्प्युटर, मेकानिकल, एरोसपेस (अन्तरिक्षयान प्रविधि) र एप्लाइड साइन्स सङ्काय गरेर ६ वटा सङ्काय रहेका छन् । 

 

क्याम्पसमा स्नातक तहमा ५ सय २८ र स्नात्तकोत्तर तहमा ४ सय विद्यार्थीको सिट सङ्ख्या रहेको छ । (रासस)


थप समाचार

आज सुन र चाँदीको भाउ बढ्यो

  • 3 minutes ago
आज सुन र चाँदीको भाउ बढ्यो

काठमाडौँ । आज सुन र चाँदीको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारभन्दा तोलामा ५ सय रुपैयाँको वृद्धि देखिएको हो ।

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

  • 8 minutes ago
कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

  • 11 minutes ago
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं प



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

काठमाडौं/एजेन्सी । विश्वमै मदीरा सेवन नगर्नेको संख्या न्यून छ । त्यसैले कम मदीरा सेवन गर्दा तपाई÷हाम्रो स्वास्थ्यमा त्यति धेरै असर गर्दैन भने एक पटक सोच्न जरुरत नै पर्छ । अनुसन्धानकर्ताका अनुसार मदीरा सेवन गर्न छोडियो भने तपाई÷हाम्रो मानसिक स्वास्थ्यमा पूर्ण सुधार आउँछ ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।