‘रजनी के सीले जित्ने कुरामा हामी ढुक्क छौँ'

पोखरा । कास्की क्षेत्र नम्बर २ मा यतिबेला उपनिर्वाचनको माहौल तातिरहेको छ । दुई ठुला दलले आफ्नो उम्मेदवारी घोषणा गर्न ढिलाई गरिरहँदा साझा पार्टी नेपालले भने रजनी के सीलाई सर्वसम्मत रुपमा उम्मेदवारी घोषणा गर्न कत्ति पनि विलम्ब गरेन ।

 

अन्य पार्टीहरु उम्मेदवार बनाउने समस्याको जालोमा परिरहँदा उता साझा पार्टीले भने एक चरणको चुनावी अभियानलाई  यतिबेला सकाएको जनाएको छ ।

 

११ वटै वडामा साझा पार्टीले आफ्नो चुनावी अभियानलाई अगाडि बढाउन सफल भएको  छ । अन्य दलहरु आफ्नो उम्मेदवार छान्न रस्साकस्सी गरिरहँदा साझा पार्टी नेपालले गरेको चुनावी अभियानबारे नेपालीपत्रले साझा पार्टी नेपालका गण्डकी संयोजक महेश भण्डारीसँग कुराकानी गरेको थियो । 

 

उनले साझा पार्टी यस उपनिर्वाचनमा बलियो प्रतिस्पर्धी भएको बताएका छन् । अरु पार्टीहरुले आफ्नो असली रुप देखाइसकेको र जनताहरुले पनि यसबारे सजक भएको बताएका छन् । 

 

उनले भनेका छन्,‘हामीले ११ वटै वडामा चुनावी अभियानलाई तिब्रता दिएका छौँ । अरु दलहरुले उम्मेदवार पनि छान्न सकिरहेका छैनन् । यसले हामीलाई जनताको सामु प्रष्ट कुरा राख्न समय मिलेको छ ।’

 

चुनावी अभियानलाई प्रभावकारी बनाउन मिडियासँग पनि आफुले उत्तिकै इन्टरयाकटिभ भएको उनले बताए ।

 

‘पोखरा एउटा पर्यटकिय नगरी हो । त्यस्तै सांगितीक माहौल पनि उत्तिकै बलियो छ । यस चाडबाडमा हामीले सांगितीक पक्षलाई आधार बनाएर चुनावी अभियान थालेका थियौँ ।’  

 

उनले भनेका छन्,‘पेटमा आगो बली सकेको छ । जनताले कसलाई मत हाल्ने त्यो कुरा पनि बुझिसकेका छन् ।’

 

‘ठुला पार्टीहरुमा जे गरे नि हुन्छ भन्ने अहम छ त्यो अहम अब जनाले तोड्नेछन्’ उनले भने । 

 

काठमाडौँमा रविन्द्र मिश्रको पोलिटिकल क्याम्पिनलाई हामीले निकै नजिकबाट निकालेका थियौँ । उक्त अभियान धेरै हदसम्म सफल पनि भएको थियो । तर, केही त्रुटीहरु पनि भएका थिए । ती त्रुटीहरुलाई हामीले यस उपनिर्वाचनमा दोहोराउने छैनौँ ।’

 

उनले थप्दै भनेका छन्,‘नेकपा र काँग्रेस पार्टी त वाइडबडीमा फेसेको कुरा सबैलाई थाहा छ । अब जनताले स्पष्ट राम्रो प्रजातान्त्रिक मुल्य मान्यतालाई सम्मान गर्ने पार्टीलाई रोज्छ भन्ने हाम्रो विश्वास रहेको छ ।’

 

‘आकार सानो छ तर, हाम्रो विचारले जनतालाई अवश्य छुन्छ छुन्छ । सबैभन्दा ठुलो कुरा जनताको विश्वास जित्नु नै हो । हामीलाई लाग्छ हामी त्यस कुरामा अगाडि बढी रहेका छौँ ।’

 

‘चुनावी अभियानलाई चुस्तदुरुस्त राख्न हामीले ११ वटै वडामा संयोजक राखेका छौँ ।’

 

हामीले पाउने भोट भनकै नेकपा र काँग्रेसमा मता हालेका मतदाताहरुबाट हो । काँग्रेस र नेकपाले गरेको कामबाट जनतामा वितृष्णा जागेको छ । जनताले नयाँ विचार र पादर्शिता खोजका छन् ।  म गर्वका साथ भन्न सक्छु जुन साझा पार्टीमा छ’

 

‘उपनिर्वाचनमा रजनी के सीले जित्नेमा साझा पार्टी नेपाल ढुक्क रहेको छ । उहाँलाई जनताले विश्वास गर्ने कुरामा दुईमत छैन । मलाई लाग्छ  यो उपनिर्वाचनमा नेकपा त तेस्रो स्थानमा छ ।’

 

‘सिमप्याथी भोटको आशा नेकपाले गरेको हुनुपर्छ । तर, उम्मेदवार उठाउँदा त यति धेरै किचलो उठेको छ । जुन सहजपुर्वक समाधान हुने देखिदैछ । त्यस्तै काँग्रेसको अवस्था पनि उस्तै लथालिंग छ ।’

 

‘पोखराको विशेषता भनेको यहाँका जनताले यहाँकै माटोमा भिजेको र पोखराकै हकमा राजनीति गरेको उम्मेदवार चाहन्छन् । जुन नेकपा र काँग्रेसमा अहम र दम्भ छ त्यो यो उपनिर्वाचनमा मतदाताले तोडिदिनेछन् ।’

   

 

 

 


थप समाचार

चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

  • 50 minutes ago
चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्व

कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

  • 1 hour ago
कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

एजेन्सी । अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ ।

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

  • 1 hour ago
ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।