राजपामा चरम गुटबन्दी भएको भन्दै राजपाका जिल्ला संयोजक नेकपामा प्रवेश

सर्लाही । राजपा नेपाल सर्लाहीका संयोजक नागेश्वर साह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

 

बुधबार सदरमुकाम मलंगवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता एवं संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले अबिर र माला लगाएर साहलाई स्वागत गरे । 

 

मधेसको हित चाहने वास्तविक पाटी नेकपा मात्र भएको उल्लेख गर्दै मन्त्री महासेठले भौतिक पूर्वाधार मन्त्रालयबाट मात्र मधेसको विकासका लागि ३५२ करोड बजेट विनियोजन गरिएको दाबी गरे ।

 

राजपाभित्र चरम गुटबन्दी भएको, पार्टीका सांसदले समेत काखापाखा गर्ने गरेको, केन्द्रीय अध्यक्षमण्डलका नेतालाई विवाद मिलाउन पटक–पटक आग्रह गर्दा समेत वेवास्ता भएकोलगायत आरोप लगाउँदै साहले केही दिनअघि राजपा सर्लाही संयोजकबाट राजिनामा दिएका थिए । विभिन्न पार्टी मिलेर राजपा बने पनि भावनात्मक एवं व्यवहारिक रूपमा एकता हुन नसकेको र नेता कार्यकर्ताबीच चरम गुटबन्दी कायम रहेकाले उक्त पार्टीमा बसेर काम गर्न निकै समस्या परेको साहले बताए ।

 

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्य राजेन्द्र महतो एवं महेन्द्र रायको गृह जिल्ला संयोजक साहको प्रवेशले नेकपाका नेता कार्यकर्ताले ठूलो उपलब्धि ठानेका छन् । आजको नागरिकबाट । 

 


थप समाचार

राहदानी विधेयक सर्वसम्मतिले पारित

  • 1 hour ago
राहदानी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

  • 2 hours ago
खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

  • 2 hours ago
महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने