राजपामा २९ महासचिव, पदाधिकारी बस्ने कुर्सी छैन

काठमाडौं । सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् । उत्तर स्वभाविक आउँछ १ वा बढीमा २–३ जना तर, राष्ट्रिय जनता पार्टी (राजपा) यो ममिलामा पृथक छ ।

 

इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ ।

 

सो पार्टीको केन्द्रीय समिति ८ सय १५ जनाको छ । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् ।

 

पदाधिकारी संख्या धेरै भएपछि पार्टी कार्यालय सँघुरो भएको बताउँदै महासचिव केशव झाले भने, ‘पदाधिकारी संख्या केही ठूलो भएको हो, महाधिवेशनपछि कार्यसमिति चुस्त हुन्छ ।’

 

बबरमहलमा रहेको नेपाल मधेसी निजामति कर्मचारी मञ्चको कार्यालयमा पार्टीको काम कारबाही हुँदै आएको छ ।

 

कार्यालयमा संयोजक महन्थ ठाकुरको एउटा कोठा छ, बाँकी अध्यक्ष मण्डलका सदस्यले पनि १–१ कोठा पाएका छन् ।

 

महासचिवलाई एउटै कोठमा धेरै कुर्सी राखिएको छ र अध्यक्ष मण्डललाई कसैले संयुक्त, भेट गर्न चाहे अर्को कोठा छुट्याइएको छ । आजको नेपाल समाचारपत्रबाट ।


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 6 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 6 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 6 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।