प्रधानमन्त्रीको सम्बोधनले राजपामा विवाद

  • बिहीबार, ७ भदौ, २०७५
  • 4 months ago
  • नेपाल

प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी ९राजपा०भित्र विवाद निम्त्याएको छ ।

 

एउटै पार्टीमा कतिपय सांसदले ओलीको सम्बोधनलाई स्वागत गरेका छन् भने कतिपयले संविधानविपरीत भन्दै जरिवाना तिराउनुपर्नेसम्मको माग गरेका छन् ।

 

प्रदेश प्रमुखबाहेक प्रदेश सभा सदस्य नभएको व्यक्तिले प्रदेश सभा सम्बोधन गर्न नपाउने भन्दै राजपा प्रदेश २ का सचेतक परमेश्वर साह र राष्ट्रिय सभा सदस्य वृजेश लालले प्रधानमन्त्रीलाई जरिवाना तिराउनुपर्ने तर्क गरेका हुन् । उनीहरूको कडा मागपछि राजपामा मतभेद झन् बढेको छ ।

 

कतिपय सदस्यले पार्टी संयोजक महन्थ ठाकुरले दोहोरो चरित्र देखाएर जानाजान विवाद जन्माएको आरोप लगाएका छन् ।

 

केन्द्रमा प्रधानमन्त्री ओलीनिकट रहने र प्रदेशमा पनि आफ्ना सदस्यमार्फत विरोध गर्न लगाउने दोहोरो चरित्र ठाकुरले देखाएको आवाज उठेको छ । प्रधानमन्त्रीको सम्बोधनको विरोध गर्ने लाल र साह दुवै ठाकुरनिकट नेता हुन् ।

 

पार्टीमा शृंखलाबद्ध विवाद

राजपामा सांगठनिक गतिविधि शून्य हुने र आन्तरिक निर्णय नेतृत्वबाट एकलौटी भएको भन्दै असन्तुष्टि बढेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनोटदेखि नै नेतृत्वले एकलौटी निर्णय गर्ने गरेको असन्तुष्टि बढेको हो । राजपा स्रोतका अनुसार प्रदेश २ को मन्त्री र राज्यमन्त्री छनोट, राष्ट्रिय सभा सदस्य छनोट, प्रदेशको सचेतक चयनदेखि प्रतिनिधिसभा संसदीय दलको नेतृत्व चयनसम्ममा एकांकी निर्णय भएको छ ।

 

यी सबै विषयलाई लिएर असन्तुष्टि छ । संसदीय दलको नेतामा चयन भए पनि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अहिलेसम्म उपनेता र प्रमुख सचेतक नियुक्त गर्न सकेका छैनन् । यो अवस्थाबाट नेता राजेन्द्र महतो र शरत्सिंह भण्डारी बढी असन्तुष्ट छन् ।

 

संयोजक ठाकुरले प्रदेश २ मा एकजना राज्यमन्त्री दिने आश्वासन दिएर संसदीय दलको नेता चयन गर्ने वेला नेता भण्डारीलाई आफ्नो पक्षमा लिएका थिए । अघिल्लो दिनसम्म भण्डारी दलको नेता राजेन्द्र महतोलाई बनाउने पक्षमा थिए । तर, लगत्तै प्रदेश २ को सरकार राज्यमन्त्रीका लागि सिफारिस भएका ३ जनामा भण्डारीको मान्छे कोही पनि परेनन् । नयाँपत्रिकाबाट ।


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 53 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 1 hour ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 1 hour ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।