सरकारलाई दिएको समर्थन फिर्ता लिन राजपामा चर्को दबाब

फाइल फाेटाे

काठमाडौं । राजपामा नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन चर्को दबाब परेको छ। अध्यक्षमण्डलको सोमबार सुरु बैठकमा अध्यक्षमण्डलका नेता राजकिशोर यादवले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिनुको विकल्प नभएको धारणा राखेका थिए।

 

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकका एजेन्डामा आगामी असोज ३ गते संविधान दिवसलाई ‘कालो दिवस’ मनाउने, वैशाख ७(९ गते हुने पार्टीको पहिलो एकता महाधिवेशन, पार्टी र संसदीय दलको विधान र पार्टीको भावी रणनीतिलगायत छन्। प्रधानमन्त्री केपी ओलीले मधेस मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको ९ महिना पुग्न लाग्दा पनि टुंगो नलागेको, मधेस आन्दोलनका बेला लागेका झुटा मुद्दा फिर्ता नभएको र कैलाली क्षेत्र १ बाट निर्वाचित रेशम चौधरीलाई सांसदको शपथ गराउन चासो नदिएको भन्दै समर्थन फिर्ता लिन नेता यादवले माग गरेका थिए।

 

फागुन ३ गते पदको शपथ लिनुअघि प्रधानमन्त्री ओलीले राजपासँग गरेको तीनबुँंदे सहमति र राजपाले साउन ३ गते बुझाएको सातबुँदे ज्ञापनपत्रको कार्यान्वयन नभएको अनौपचारिक निष्कर्षमा राजपा पुगेको दाबी स्रोतले गरेको छ। प्रधानमन्त्री राजपाका माग पूरा गर्ने प्रतिबद्धता गर्ने तर ठोस निर्णय र निष्कर्षमा नपु¥याउनाले कतै उनी प्रधानमन्त्री हुनुअघिका केपी ओली त होइनन् भन्दै नेता यादवले बैठकमा ब्यंग्य गरेको स्रोत बताउँछ। अध्यक्षमण्डलका एक नेताले आफूलाई पार्टी टोक्नु न ओकल्नु भएको बताए। आजको अन्नपूर्ण पोस्ट्बाट


थप समाचार

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 53 minutes ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

  • 57 minutes ago
नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

काठमाडौँ । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेस

नेपालमा लगानी र व्यापारका अवसरहरुबारे लण्डन दूतावासमा चर्चा

  • 1 hour ago
नेपालमा लगानी र व्यापारका अवसरहरुबारे लण्डन दूतावासमा चर्चा

दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) मिलेर आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले नेपालमा विदेशी लगानी तथा व्यापारको लागि अहिले अनुकुल समय रहेको धारणा राखे ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।