रत्ननगर उद्याेग वाणिज्य संघका अध्यक्ष धराैटीमा रिहा

फाइल फाेटाे
Education Park

चितवन । उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा भएका छन् ।

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो । 

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनी जिल्ला प्रशासन कार्यालय चितवनमा रु. ५४ हजार धरौटी जम्मा गरी रिहा भएका हुन् । यसअघि पक्राउ परेका तीन जनाले पनि सोही रकम बराबर धरौटी जम्मा गरी रिहा भएका थिए । 

 

सो घटनामा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष गोकर्ण गिरी पक्राउ परी धरौटी राखेर रिहा भएका थिए । घटनाका समयमा लिइएको भिडियोका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । 

 

सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्सट्रक्सन प्रालिले रेग्मीसहित उहाँहरुविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । 

 

सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब रु चार लाखसमेत लुटिएकाले उजुरी गरेका थिए । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । (रासस)


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 2 hours ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 2 hours ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 2 hours ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।