राजविराज विमानस्थलबाट असार १ गतेदेखि नियमित उडान हुने

सप्तरी । लामो समयदेखि बन्द रहेको प्रदेश २ सप्तरीस्थित राजविराज विमानस्थलबाट असार १ गतेदेखि नियमित उडान हुने भएको छ । 

 

सदरमुकाम राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा विमानस्थल निर्माण सम्पन्न भएपछि जहाज चढ्ने सप्तरीवासीको वर्षौंको सपना पूरा भएको छ ।

 

निर्माण सम्पन्न भएको विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले आज एक कार्यक्रमकाबीच उद्घाटन गरे । विमानस्थल उद्घाटन गर्न मन्त्री अधिकारी श्री एयरलाइन्सको विमान चढेर राजविराज पुगेका थिए । 

 

तस्वीर: मन्त्री अधिकारी ट्वीटर पाेस्टबाट ।

 

विमानस्थलमा विमान अवतरणको लागि एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावनमार्ग निर्माण सम्पन्न भएको छ । 

 

नब्बे मिटर लामो र ६० मिटर चौडा एप्रोन र १ सय १० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सी–वे कालोपत्रे गर्ने कार्य सम्पन्न भएर विमास्थलबाट नियमित उडान भएसँगै सप्तरीवासी उत्साहित भएका छन् ।

 

वि.सं. २०१६ मा तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको केही दिनभित्रै यो विमानस्थल बन्द भएको थियो । कच्ची धावनमार्ग तथा अन्य प्राविधिक समस्याका कारण विमानस्थल पुनः सञ्चालनमा आउन सकेको थिएन ।

 

विमानस्थल शुभारम्भ कार्यक्रम उपस्थित सप्तरीवासी । तस्वीर: मन्त्री अधिकारीकाे ट्वीटर पाेस्टबाट


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 4 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 5 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 5 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।