‘यो सरकार गफै दिएर खाने रैछ भन्ने प्रमाणित भयो’: यादव

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 3 months ago
  • अर्थ

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले यस पटकको बजेटले कुनै उत्साह थप्न नसकेको बताएका छन् ।

 

केपी ओली नेतृत्वको सरकारले गफ र सपना धेरै बाँडेकाले बजेट पनि सोही अनुसारको हुन्छ भन्ने अपेक्षा गरिए पनि जनताको मन जित्न नसकेको यादवले आरोप लगाए ।

 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेट विशेष साक्षात्कार कार्यक्रममा बोल्दै यादवले भने, ‘अब त केही हुन्छ कि भन्ने आशा थियो । तर हात्ती आयो हात्ती आयो फुस्सा । यो बजेट कर्मकाण्डी मात्रै हो ।’

 

बहुमतसहितको स्थिर सरकारले ल्याएको बजेट विगतकै सरकारले ल्याएजस्तो भएको उनको जिकिर छ । यादवले भने, ‘यो सरकार गफै दिएर खाने रैछ भन्ने प्रमाणित भयो ।’

 

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाबीच नै तालमेल नमिलेका कारण बजेट पनि स्तरीय बन्न नसकेको आशंका यादवले व्यक्त गरे ।

 

‘आक्रामक र आयतन बढ्नुपथ्र्यो । प्राथमिकता किटान गर्नुपथ्र्यो । उत्पादन ताकेर वृद्धिदरको लक्ष्य राख्नुपर्छ । तर कुनै पनि योजनाको आधार नै छैन ।’ यादवले भने । 

 

प्रदेश र स्थानीय सरकारलाई बजेटले प्राथमिकता दिन नसकेको भन्दै उनले अपत्ति जनाएका छन् ।


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 9 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 9 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 10 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।