Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालतिहारमा ‘फ्लोरा एक्सपो’मा गोदावरी र सयपत्रीको अत्याधिक माग (फाेटाे फिचर)

तिहारमा ‘फ्लोरा एक्सपो’मा गोदावरी र सयपत्रीको अत्याधिक माग (फाेटाे फिचर)


काठमाडौँ । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफुल, नर्सरी तथा जडीबुटीहरुको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनिवारबाट सम्पन्न भएको छ । पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी व्यववसायी संघले जनाएको छ । कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।

६२ वटा स्टलमा बिभिन्न जातका फलफुल बिरुवा तथा नर्सरीहरु प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफुल, नर्सरी, जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमलालगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामग्रीहरुको स्टल राखिएको थियो । तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरुबाट ५० हजारदेखि १० लाख बढीसम्म ब्यवसायीहरुले फलफूल,बिरुवा तथा औजारहरुको व्यापार गरेको बताइएको छ ।

तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्याधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको व्यवसायीले बताए । एकै ठाउँमा धेरै जात जातिका आउटडोर इन्डोर प्लान्टहरु छानीछानी पाइने भएकोले फूल बिरुवाका पारखीहरुको मेलामा भीड लागेको र आफुले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा व्यवसायीहरु खुशी देखिए ।

मेलाको अन्तिम दिन शनिबार ग्राहकहरुको अत्याधिक भीड लागेकोले स्टलहरु नै खालि हुनेगरी फलफूल तथा बिरुवाको बिक्री भएको आयोजकले जनाएको छ । नर्सरी व्यवसायीसंघले ब्यवसायीहरुको हक हकहितको लागि र ग्राहकको सुविधाको लागि भनेर पहिलोपटक गरेको तिहार फ्लोरा एक्सपो सफल भएको बताएको छ ।

व्यवसायीहरुले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरुको आयोजना गरिरहने एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गर्‍यो सन् २०२३ को विश्वको मानवअधिकारको अवस्था

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम…

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश

स्वदेश फर्किए कतारी राजा

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन् । मंगलबार

कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै अमिर थानीले…

काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको

सर्वोच्चद्वारा गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका

Techie IT