दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

 

केट विश्व विद्यालयले गरेको एक सर्वेक्षण अनुसार अल्कोहल प्रयोग गर्नेहरु छोटो समयका लागि खुशी हुने गरेका छन् । तर, लामो समयका लागि खुशी हुने उपायहरु अन्य कारणहरु रहेको सर्वेक्षणले देखाएको छ । तसर्थ खुसी हुन पिइने यस्ता खाले अल्कोहल जीवनमा केही फरक नपार्ने बताइएको छ ।

 

 शोधकर्ताले लामो समयसम्म अध्ययन गरेपछि यस्तो निष्कर्षमा पुगेका हुन् । जीवनमा राम्रा निर्णय लिन सक्नु नै खुसी हुने बाटो भएको शोधकर्ताको निष्कर्ष रहेको छ । अल्कोहलको सेवनले लत लाग्ने र क्षणिक आनन्दका कारण जीवनदेखि असन्तुष्ट हुने अनुसन्धानमा पाइएको छ । 

 

यो अनुसन्धान सोसियल साइन्स एण्ड मेडिसिन नाम गरेको एक जर्नलमा प्रकाशित गरिएको छ ।


थप समाचार

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

  • 5 minutes ago
अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्।

अमेरिकी विदेशमन्त्रीद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल

  • 28 minutes ago
अमेरिकी विदेशमन्त्रीद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गरेका छन् । उनले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विद

‘निसर्ग’ आँधीबाट भारतमा दुई जनाको मृत्यु, तीन जना घाइते

  • 35 minutes ago
‘निसर्ग’ आँधीबाट भारतमा दुई जनाको मृत्यु, तीन जना घाइते

एजेन्सी । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भव



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।