IIMS College

ISMT

HUB Education

प्रेस लोकतन्त्रको अक्सिजन : पूर्वराष्ट्रपति यादव

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रेस लोकतन्त्रको अक्सिजन भएको बताएका छन् ।

 

नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको नवनिर्मित भवनको प्रथम तल्लाको उद्घाटन गर्दै आज उनले जुन देशको प्रेस जति बलियो र स्वतन्त्र हुन्छ त्यहाँको लोकतन्त्र त्यति बलियो हुने गरेको बताए । 

 

उनले देशको समुचित विकासमा स्वतन्त्र प्रेसले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुनाले प्रेसलाई कुनै पनि देशले सङ्कुचन गर्न नहुने र देश, समाज तथा जनताको चौतर्फी विकासका लागि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । 

 

प्रेस सङ्कुचनमा परे लोकतन्त्र धरापमा पर्ने र लोकतन्त्र धरापमा परे जनताले दुःख पाउने तथा विकासका सारा बाटा बन्द हुने उल्लेख गर्दै उनले देश र जनताका भलाइ र समुचित विकासका लागि देशमा पूर्ण स्वतन्त्रतासहितको प्रेसको विकल्प नरहेको बताए । 

 

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपालमा तीनै तहका सरकारले प्रेसलाई सङ्कुचनमा पार्न खोजेको आरोप लगाए । 

 

त्यस्तै सम्बोधनकै क्रममा प्रदेश नं. २ का पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र चौहानले नेपालमा प्रेस चौथो अङ्ग भएर पनि स्वतन्त्र नरहेको तथा सधैँ आफ्नो अस्तित्वकै लागि सरकारसँग लडाइ लडिरहेको बताए । 

 

कूल रु. ३६ लाख ५३ हजार लागतमा बनेको महासङ्घको प्रथम तल्लाको आज भएको सो उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो । 


थप समाचार

ग्रीनवीचका भलिबल खेलाडी संगठित

  • 9 hours ago
ग्रीनवीचका भलिबल खेलाडी संगठित

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

  • 9 hours ago
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

  • 10 hours ago
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।