कथा : ब्रिटिस ओइदर

  • शुक्रबार, २२ भदौ, २०७५
  • 2 months ago
  • युके

 

रामहरि पौड्यालको कथासंग्रह 'ब्रिटिश ओइदरबाट'

 

व्हाट अ लब्ली ओइदर!

 

सामले प्रफुल्ल मुद्रामा सुनाइ  ब्राइटनको बिचमा सन् बेडमा कोल्टे फेर्दै |

 

लुक माइ स्याण्ड क्यासल ड्याडी !

 

सानी नानी सामन्थाले तोते बोलीमा खुसि प्रकट गरि |

 

चियर्स !

 

चियर्स !!

 

चियर्स !!!

 

स्टेला बियरका क्यानहरु खोलिए |

 

स्न्याकका पोकाहरु तोडिए |

 

आइसक्रिम भनिला फ्लेबर ! 

 

चकलेट फ्लेबर !!

 

नीलो समुन्द्र अनन्त सम्म आफ्ना मायाबी त्राटक फाली रहेको थियो | त्यसमा घामका किरणहरुले ल्याएको पराबर्तन र त्यसको चम्काई बेजोड प्रतित भै रहेको थियो | ब्राइटनको समुन्द्री किनार त्यस दिन भरिभराउ थियो | बिचका फ्यानहरु , बिकिनिका भक्तहरु र बालुवाका पारखीहरुको एक छत्र साम्राज्य थियो जता ततै |

 

बालुवामा ठडिएका महलहरु, स्याण्ड क्यासलको निर्माणमा केटा केटिहरु रमाई रहेका थिए | सर्फ़िङ्ग, बोटिङ्ग , स्विमिङ्ग , मोटर बोट सबैको आ आफ्नो चाहनामा हाजिर थियो |

 

कोइ पिउने पिलाउने उपक्रममै रमाई रहेका हुन्थे |

 

 चियर्स ! चियर्स !! को कोरस रमाइलो सुनिदै थियो सर्बत्र  दोश्रो तेश्रो शृंखला |

 

क्यान नट बिलिभ दिस ओण्डर्फ़ुल  सन् साइन !

 

प्याराडाइज !!

 

मौसमको चर्चा मा फूल बुट्टाहरु भरिए |

 

मौसमी गुनागानले बातावरण गुञ्जियो र   ब्राइटनको बीच रन्कियो |

 

स्मिथ परिवारका सारा मान्छेहरु प्रकृतिको यो माहाआनन्दमा  झुमिरहेका थिए | नाची रहेका थिए | मार्चको अन्त्य र अप्रिलको संघारमा मिलेको यो अनपेक्षित बिचको सौभाग्य तिनीहरु सबैकालागि एउटा सँधै सम्जन योग्य समय थियो | लामो उइण्टरले चिसिएका बेलायतिहरु स-सानो तातोमा पनि रोमान्चित हुने गर्छन | त्यो खुसीलाई सबैका सामु साट्न र बाँड्न खोज्छन | बीच, पब, कार्यालय सबै ठाउं त्यसैको चर्चा हुन्छ |

 

फूटबलले त्यसमा राम्रै क्यटलिस्ट को काम गर्छ | प्रिमियर लिग , ओर्ल्ड कप, ओलम्पिक मान्छेहरुको उत्साहा भरिन्छ पब भरि | गोल ! गोल !! गोल !!! सर्बत्र सुनिन्छ सिजन भरि |

 

कारका हुडहरु निकालेर हुइकिएको थियो स्मिथ परिवार नजिकैको ब्राइटन बीचतिर | पुरै परिवार उत्साहित हुदैं सबेरै हिडेको थियो पुरै तयारी साथ | कालो सन् ग्लास , सन् क्रिम लोसन , ह्याट ढल्काएर | त्यतिले नपुगेर माथिको टिशर्ट समेत हुर्याए छाती फुलाए  तिनीहरुले समरको स्वागतमा | एउटा ठुलो उत्साही भीड हानिएको थियो बीचतिर | हजारौं को ताँती तिनले निम्त्याउने ट्राफिक जाम , तिनले फाल्ने कार्बन डाइअक्साइड एउटा बातावरणीय खोजको  पक्ष थियो |

 

हजारौं मान्छेहरु प्रकिर्तिको त्यो माहाआनन्दमा हराई रहेका थिए | सफा आकास , क्षीतिज सम्म फैलिएको बिशाल समुन्द्र | चर्किएको घाम र  त्यसका किरणहरुले समुन्द्रमा फालेको पराबर्तित  मोहनी लोभ लाग्दो देखिन्थ्यो त्यस क्षण |

 

जलक्रिडाको साँचो आनन्द लिन बेलायतिहरु निकै अघि मानिन्छन | समुन्द्रले तिनलाई साथ दिएको छ | उमेरले मान्छेका रमाइला भावनालाई रोक्न छेक्न सक्दैन | के बूढा के बूढी, के बाल बच्चा,के युबा युवती सबैको बराबरी सहभागिता देखिन्थ्यो त्यो समुन्द्र बाहारमा |

 

पुरै ब्राइटन  जलपरिहरुको रमाइलो क्रिडामा नाचिरहेको थियो त्यस दिन | सरसफाई , खाने पिउने कुराहरुको उपलब्धता, कोस्ट्गार्द हरुको सुरक्षा प्रबन्ध सबै ब्यबस्थापकीय कौशल झल्किन्थ्यो त्याहाँ |

 

 

 

मान्छेहरुको बीच सुखको क्लाइमेक्स भर्खरै सुरु हुदै थियो | सामुन्द्रिक रमाइला क्षण पराकास्ठमा  पुग्नै लागेका बेला अचानक आकास धुम्मियो  अघि भर्खरैका सारा खुसि र माहा मेलाको बिशाल प्रबेगलाई चुनौती दिदैं | कालो बादल हेर्दा हेर्दै मात्र क्षण भरमा एउटा घनघोर बर्षामा परिणत भयो |

 

खैला बैला सुरु भो बिचका फ्यानहरु , बिकिनिका भक्तहरु र बालुवाका अभियान्ताहरुको कन्तबिजोग भो एकै पलमा | बेमौसमको यो बाजा बर्सात बनेर खनिएको थियो तिनीहरु सामु | पानीले रुझ्दै नजिकका सपहरु तिर मान्छेहरु हानिए | बर्साती किनेर ओड्दै  बाहिर निस्किएका मात्र के थिए एउटा अपत्यारिलो द्रिस्य सबैले देखे |

 

व्हाट अ फक इज दिस !

 

ब्लडी ओइदर !!

 

व्हाट अ हेल मेट अफिस !!!

 

फक दियर ओइदर फोर्कास्ट !!!!

 

क्षितिजमा फेरी उज्यालो घाम देखियो उत्तिनिखेर | भर्खरैको घनघोर बर्षा एउटा सपना जस्तो साबित भयो सबैलाई | त्यहि क्षितिज बहुरंगी इन्द्रेणीमा परिणत भयो | समुन्द्रमा सुनौला घामका किरणहरुले एउटा सम्मोहन पैदा गर्यो सबैलाई |

 

ओण्डर फूल रेन्बो !

 

बिउटिफूल सन् सेट !!

 

लब्ली सिनरि !!!

 

केटा केटीहरु उफ्रिए | मान्छेहरु तिनै रमाइला क्षणलाइ क्यामेरामा कैद गर्न थाले | अघि भर्खरैको घनघोर बर्षाले ल्याएको ठुलो अबरोधलाई मान्छेले  बिर्सीदिए  र स्वीकारे त्यो  अस्ताचलको मोहनी सौन्दर्य  |

 

अस्ताउदो एक जुवा घाम ब्राइटनको बिचमा फेरी त्यस्तै मोहनी रुपमा हांसी रह्यो | आफ्नो अस्ताच्लोंमुख सौन्दर्यलाई एकपटक फेरी पस्कियो दुनियाका सामु | क्षितिजबाट बिदायिका हातहरु हल्लाउनु अघि |

 

कथाकार  रामहरि पौड्याल

 

प्रकृतिको बहुरुपता नजानिदो छ | एकै छिनमा प्रकृति एउटा खुसि एउटा आनन्दको नौका बिहारमा देखिन्छ | रमाइलो प्रकृतिलाई क्षण भरमा के हुन्छ कुन्नि अनि त्यो एउटा डरलाग्दो ताण्डबमा परिणत हुन्छ हेर्दा हेर्दै | एउटा सुन्दर श्रीस्टी मात्र केहि क्षणको कम्पमा समाप्त हुन्छ | प्रकृतिलाई पुजा गर्ने बातावरणलाइ मायाँ गर्ने हातहरु एक जुट हुनु पर्ने बेला आएन र ? मेरा मनका कुनामा सँधै उठ्ने यी जिज्ञासा !

 

जीबन हरेक अनुकुलता र प्रतिकुलता बीच हिडिरहेको हुन्छ अविराम | समुन्द्र क्रीडाको उत्कट उत्साहा का बीच देखापरेको झेली बर्षा र अन्त्यमा सन् सेटको लोभलाग्दो रेन्बोलाई स्वीकारेर फर्किदै गरेको मान्छेहरुका भीड | तिनका लामाबद्द कारहरु | तिनले फाल्ने उज्यालाले बनाएको अर्को लोभलाग्दो प्रकाश एउटा दिब्य यात्रा झैं प्रतित भैरह्यो बाटाभरि |

 

ट्राफिक जाम !

 

 टिटिट !

 

 टिटिट !!

 

 टिटिट !!! को कनै आबाज छैन | सबै आआफ्ना लाइनमा पालो कुरिरहेका छन् | ट्राफिक मेनेजमेन्ट एउटा नमुना यहाँको | दुर्घटना भएछ | एम्बुलेन्स आयो साइरन बजाउदै सबैले साइड दिए | संगै पु लिसको गाडी आयो | कति चुस्त दुरुस्त दुर्घटना ब्यबस्थापन , बिपत्ति संयोजन | हरेक कुरामा एउटा सिस्टम छ त्यसलाई सबैले फलो गर्छन |

 

लिखित संबिधान नभएको यो बेलायतमा कानुन सबैलाई लाग्छ |  एम्बुलेन्समा ढुंगा हान्ने पार्टीको बरिस्ठ कार्यकर्ता  म | आफ्नो पार्टीको डनलाई  बचाउन नेपाल बन्द गर्दै आएको म | यो बेलायतको सुब्यबस्था देखेर तीन छक छु | हरेक ठाँउमा पुग्दा देश दुख्ने र देश दाँज्ने देश प्रेमी भावनाले भरिएको एउटा जिज्ञासु म  |

 

दिनभरिको सामुन्द्रिक थकाइले लखतरान भएर घर आइपगेका तिनीहरु घर आइपुग्ने बेलामा बुर बुर असिना परे मसिना |

 

कान्छी छोरी सासा रोमान्चित हुँदै कराई -

 

लुक हेल स्टोन !

 

हेल स्टोन ! !

 

हेल स्टोन ! !

 

ठुलिले पनि उसको खुसीमा आवाज थपि बातावरण असिनामय भयो |

 

सबैजना घर भित्र पसे थाकेर पसिना पसिना भएका तिनीहरुलाई असिनाले स्वागत गर्यो | श्रीमती क्याथरिनले केटल बसालिन कफीको लागि | सोफामा टुक्रुक्क बसेर टेलिभिजन अन गर्दै झ्यालको पर्दा लाउन अघि बढेका उनि तीन छक परे झ्याल बाहिरको द्रिस्य देखेर - त्याहाँ बुर बुर हिउँका लप्का हरु झर्दै थिए | धर्ती अब हिउँका सेता भुवाहरुमा आफ्ना बहुरूप प्रस्तुत गर्दै थियो | कार्बन फूट प्रिन्ट ! ओजोन लेयर !! बातावरणीया असन्तुलनको एउटा सिंगो नमुना त्यो दिन एउटा इतिहास भएको समाचार बिबिसी ले प्रस्तुत गरि रहेको थियो | बातावरणीय प्रभाब का बारेमा क्याम्ब्रिज युनिभर्सिटिका प्रोफेसर माइकल आफ्नो लामो चिन्ता प्रकट गर्दै थिए समाचारमा |

 

कस्तो दिन अब फेरी स्नो !

 

उनि कराउदै थिए झ्याल बाहिर हेरेर | श्रीमती केट्ले कफी टक्रायिन र चियर्स गरिन संगै |

 

चियर्स हनी !

 

व्हाट अ हिस्टोरिक डे !!

 

दिस इज द ब्रिटिश ओइदर !!!

 

अल सिजन इन अ डे !!!!

 

सम्प्रति: संयक्त अधिराज्य बेलायत

 

 


थप समाचार

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

  • 5 minutes ago
स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।

अदुवा खाँदा यस्तो फाइदा !

  • 13 minutes ago
अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

क्लाउडियो रानीयरी फुलहामको प्रशिक्षकमा नियुक्त

  • 20 minutes ago
क्लाउडियो रानीयरी फुलहामको प्रशिक्षकमा नियुक्त

काठमाडौं । लेस्टर सिटीले बर्खास्त गरेका प्रशिक्षक क्लाउडियो रानीयरीलाई प्रिमियर लिगको क्लब फुलहामले नियुक्त गरेको छ । प्रशिक्षक स्लाभिसा जोकानाभिचको फुलहामले लगातार खराब नतिजा निकालेपछि उनलाई



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

अदुवा खाँदा यस्तो फाइदा !

अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।