नयाँबसपार्क पुगेर यातायात क्षेत्रको सिण्डिकेट अन्त्यबारे गृहमन्त्रीले के भने ?

file-photo

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् । 

 

आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताए । 

 

उनले भने, ‘अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी एकाधिकारलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।’ 

 

उनले यातायात क्षेत्र मात्रै नभइ कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एकाधिकारले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको बताए । 

 

एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको उनको भनाइ थियो । एकाधिकार हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि उनले अपिल गरे । 


थप समाचार

मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

  • 10 minutes ago
मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै सरकार कानूनी झैझमेलामा फस्दै आइरहेको छ । यो सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गरे पनि त्यो पनि न्यायपालिकाको उ

हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

  • 19 minutes ago
हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।

ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

  • 30 minutes ago
ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।