पार्टी सभापतिको लागि मेरो कसैसँग तालमेल भएको छैनः वरिष्ठ नेता पौडेल

तनहुँ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । 

 

रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भने । 

 

“ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,” वरिष्ठ नेता पौडेलले भने । 

 

उनले लोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पुरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गनुपर्नेमा जोड दिँदै उनले विकासका योजनालाई केन्द्रीकरण होइन सङ्घीयता सृदृढ बनाउनेतर्फ केन्द्रीत गर्नुपर्छ भने । 

 

मुलुकी संहिता २०७४ कुनै पार्टी विशेषले नभइ सबै पार्टीले बनाएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले प्रेस स्वतन्त्रता र स्वास्थ्य क्षेत्रमा देखिएका असन्तुष्टिका स्वरलाई संशोधन गरी सुधार गर्दै लानुपर्ने धारणा राखे ।

 


थप समाचार

के छ ब्रेक्जिट सम्झौतामा ?

  • 2 hours ago
के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ ।

विज्ञापनको व्यापार, सबैतिर व्यापक

  • 3 hours ago
विज्ञापनको व्यापार, सबैतिर व्यापक

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद

साफ फुटबल आयोजना गर्दै नेपाल

  • 5 hours ago
साफ फुटबल आयोजना गर्दै नेपाल

काठमाडौँ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।