Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका विपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि आइतबार स्थगित भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकतासम्बन्धी विधेयकको विरोधमा विपक्षी दलहरुले विरोध जनाउँदा दुवै सदनका बैठक अवरुद्ध भएका थिए । यद्यपि आइतबार सर्वोच्च अदालतले प्रमाणीकरण भएको नागरिकतासम्बन्धी ऐन कार्यान्वयन नगर्नका लागि सरकारका नाममा अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको साटो बंगलादेशसम्मको पहुँच माग गरेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्ने आरोप लगाउँदै विपक्षी दलले
जवाफ समेत माग गरेका थिए ।

प्रतिनिधिसभाको आजको बैठक विहान ११ बजे बस्ने कार्यतालिका छ । जसमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल सुरु हुनेछ ।

आजको प्रतिनिधिसभा बैठकमा गत चैत २२ निधन भएका संविधानसभा सदस्य श्याम सुन्दर टिवडेवाल र पूर्व संविधानसभा सदस्य मीना पाण्डेको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्ने कार्यसूची छ ।

साथै राष्ट्रियसभाको आजको बैठक दिउँसो १ः१ बजे बस्ने कार्यतालिका छ । जसमा सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तथ्यांक नियमावली, २०८० लाई

पशुपति क्षेत्रमा गाडी चल्न नदिन र शव गाड्ने वैकल्पिक ठाउँ…

काठमाडौँ । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । पशुपति

प्रतिवेदनमा औंल्याइएका सुझाव कार्यान्वयन हुन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझाव

‘डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक पर्छ ’

काठमाडौँ । पछिल्लो समय डेङ्गु सङ्क्रमण जनस्वास्थ्यका रुपमा देखा पर्न थालेको छ । नेपालको केही वर्षको तथ्याङ्कले पनि डेङ्गु महामारीका

राप्रपासँग एकताको सम्भावना छैनः कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको बताएका छन् । राप्रपा सत्ता केन्द्रित

Techie IT