बेलायत बस्दै आएका इञ्जिनियर पौड्यालको कथासंग्रह 'ब्रिटिश ओइदर' सार्वजनिक

  • आइतबार, १० भदौ, २०७५
  • 4 months ago
  • युके

 

लण्डन । विगत डेढ दशकदेखि बेलायतमा बस्दै आएका ईञ्जिनियर रामहरि पौड्यालको पहिलो कथासंग्रह सार्वजनिक भएको छ । 

 

पौड्यालका २१ वटा कथाहरुको संग्रह 'ब्रिटिश ओइदर' शनिबार काठमाडौंमा विमोचन भएको हो । 

 

शब्दार्थ प्रकाशनले आयोजना गरेको स्रष्टा सम्मान र विधा केन्द्रित साहित्यिक पत्रिका बैजयान्ति को  १४ औं वार्षिकोत्सव समारोहमा   कथासंग्रह विमोचन गरिएको थियो । 

 

 

कथाकार पौड्यालले यसअघि गरिमा , मधुपर्क , समकालीन साहित्य , रचना , अभिव्यक्ति , मनोभाव , समस्टी, मिर्मिरे , शारदा, तन्नेरी , बगर लगायतका कैयौं राष्ट्रिय पत्रिकाहरुमा चार दर्जन कथाहरु प्रकाशन गरि सकेका छन् । 

 

पौड्याल हाल बेलायतको स्वान्जी युनिभर्सिटीमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक इञ्जिनियरिङमा पिएचडी अध्ययनरत छन् ।

 

नेपालको उर्जा संकट, नविकरणीय उर्जा , उर्जाको बचत , उर्जाको दक्षता वृद्धि आदिका बारेमा अनुसन्धान गरिरहेका उनका  आर्टिकलहरु काठमाडौँ पोस्ट , नागरिक, आइइइइ, नेपाल विद्युत प्राधिकरणको जर्नल विद्युत, वीनेपाली डटकम  आदिमा प्रकाशित भएका छन् ।

 

कविता, नियात्रा  लगायतका विामा समेत कलम चलाउने उनले  नेपाल इन्जिनियर समाज युके , इलेक्ट्रिकल इञ्जिनियरिङ  कांग्रेसको अन्तर्राष्ट्रिय सम्मेलन , ब्रिटिश नेपाल एकेडेमिक काउन्सिल आदिमा आफ्नो सोधका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

 

लेखनका अलावा च्यारिटीमुलक कामहरुमा समेत रुची राख्ने कथाकार पौड्यालले आउंदो सेप्टेम्बर १६ मा बर्लिन म्याराथन दौडिदैछन् । उनले गत वर्ष पेरिस म्याराथन दौडिएका थिए ।

 

नेपालको महाभुकम्पपछि पीडितहरुको लागि पौड्यालले ७ सय युरो संकलन गरी हेल्प नेपाल मार्फत सहयोग गरेका थिए ।

 

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 5 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 10 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 10 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।