'सञ्जु'काे लागि रणवीर कपुरले लिए हालसम्मकै उच्च पारिश्रमिक

बलिउड अभिनेता रणवीर कपुरले अर्का अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित चलचित्र सञ्जुको लागि हालसम्मकै महङ्गो पारिश्रमिक लिएको बताइएको छ ।

 

स्रोतहरूका अनुसार यो फिल्मका लागि रणवीर कपुरले २५ करोड भारु लिएका छन् । यो उनको जीवनकै सबैभन्दा महँगो पारिश्रमिक रहेको भारतीय मिडियाले जनाएका छन् ।

 

‘सञ्जु’को सार्वजनिक भएको ट्रेलरमा रणवीर कपुरको लुक्स, अभिनय र संवादलाई लिएर अहिले उनको प्रशंसा भइरहेको छ । यसमा रणवीर कपुरले सञ्जय दत्तजस्तो देखिन निकै मिहिनेत गरेका छन् ।

 

निर्देशक राजकुमार हिरानीले रणवीरबाहेक बाँकी कलाकारलाई पनि उस्तै देखाउन कुनै कसर बाँकी छाडेका छैनन् । 

 

रणवीरबाहेक फिल्ममा सोनम कपुर, परेश रावल, दिया मिर्जा, मनीषा कोइराला, अनुष्का शर्मालगायतका कलाकार छन् । 

 

रणवीर कपुरले यस फिल्मलाई आफ्नो जीवनकै टर्निङ प्वाइन्टका रूपमा लिइरहेको जनाइएको छ । 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 1 hour ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 2 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 9 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।