दाङमा ७० प्रतिशत राेपाइँ सम्पन्न, राप्तीमा शतप्रतिशत

दाङ । दाङमा साउनको दोस्रो हप्ता बितिसक्दा ७० प्रतिशत रोपाइँ भएको छ । प्राप्त तथ्यांक अनुसार ३८ हजार चार ९० हेक्टरमा हुने धान खेती हालसम्म करिब ७० प्रतिशत भएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका नायब प्राविधिक सहायक रीम रोकायले जानकारी दिए । 

 

दाङमा २६ हजार ९ सय ४३ हेक्टर खेतमा रोपाई भएको छ । ११ हजार पाँच सय ४७ हेक्टर क्षेत्रफलमा खेती हुन सकेको छैन । गतिलो वर्षा हुन नसक्दा राम्ररी खेती हुन नसकेको रोकायको भनाई छ । यद्यपि जिल्लामा कृषकहरूले अहिलेसम्म पनि धान रोपाई गरिरहेका छन् । नहर तथा कुलोको सिचाईं भएको स्थानमा खेती भएको छ भने आकाशे पानीको भरमा हुने रोपाइँमा ढिला भएको छ । 

 

जिल्लाको राप्ती गाउँपालिकामा शतप्रतिशत धान रोपाई भएको छ भने दंगीशरण गाउँपालिमा सबैभन्दा कम ३३ प्रतिशत रोपाइँ भएको गाउँपालिका कृषि शाखाका प्रमुख सरु भुषालले जानकारी दिइन् । राप्ती गाउँपालिकामा १ हजार ९ सय ७३ हेक्टर क्षेत्रफलमध्ये सबैमा खेती भएको छ ।

 

दंगीशरण गाउँपालिमा पर्याप्त सिचाईंको व्यवस्था नभएका कारण कम खेती भएको कृषि भुषालले बताइन् । दंगीशरणमा धान खेतीका लागि चार हजार एक सय पाँच हेक्टर भए पनि सबैमा हुन सकेको छैन । धानको ब्याड छिप्पीएको भए पनि किसानहरूले धान रोपिरहेको भुषालले जानकारी दिइन् । 

 

सिचाईंको व्यबस्था नभएका कारण किसानलाई समस्या भएको उनले जानकारी दिएका छन् । केही दिनयता वर्षा भएको भन्दै रोपाइँ चलिरहेको कृषि प्रमुख सरु भुषालको भनाई छ । उत्पादनमा कमी आए पनि किसानहरूले रोपाई गरिरहेका छन् । सबैभन्दा कम धानखेती हुने बंगलाचुलीमा ४ सय ७४ मा ७५ प्रतिशत खेती भएको छ । 

 

तत्कालिन् जिल्ला कृषि विकास कार्यालयका प्राविधिक रोकायका अनुसार लमहीमा ९८ प्रतिशत क्षेत्रमा खेती भएको छ । लमहीमा ३ हजार १ सय २ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । यस्तै गढवा गाउँपालिकामा ९२ प्रतिशत खेती भएको छ । गढवामा ४ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । 

 

यस्तै बबई, शान्तिनगर र बंगलाचुलीमा ७५ प्रतिशत खेती सकिएको जनाइएको छ । बबई गाउँपालिकामा २ हजार ९ सय ६८, शान्तिनगरमा ४ हजार ५ सय ८० र बंगलाचुलीमा ४ सय ७४ हेक्टर क्षेत्रफलमा खेतीयोग्य जग्गा रहेको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकामा ७० प्रतिशत रोपाइँ सकिएको छ ।

 

तुलसीपुरमा रहेको ८ हजार ७ सय ४६ खेतीयोग्य जमिनमध्ये ७० प्रतिशतमा रोपाईँ भएको हो । त्यसैगरी घोराहीमा ६५ प्रतिशत रोपाइँ भएको छ । घोराहीमा ६ हजार ९ सय ४७ क्षेत्रफलमा खेतीयोग्य जमिन रहेको छ । यस्तै राजपुर गाउँपालिकामा ५६ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।

 

राजपुरमा १ हजार ७५ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको जनाइएको छ । जिल्लाका दश स्थानीय तहमध्ये सिचाईं सुविधा भएका स्थानमा समयमै रोपाइँ भएको छ भने आकाशे पानीको भरमा खेती हुने स्थानमा समस्या भएको देखिन्छ । त्यसकारण स्थानीय तहले समयमै खेती सक्न र उत्पादनमा वृद्धिका लागि सिचाईं सुविधा पुर्‍याउन आवश्यक देखिन्छ ।


थप समाचार

नेपाल थाइल्याण्डसँग पराजित

  • 13 minutes ago
नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको

घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

  • 20 minutes ago
घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

काठमाडौँ । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमियोनले माफी मागेका छन् । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युभेन्ट्सविरुद्ध आफ्ना खेलाडी जोसे गिमिनेजले गोल गरेपछि सिमियोनले दुई हा

नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

  • 31 minutes ago
नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

काठमाडौँ । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।