बालिकाको बलात्कार गरी हत्या

भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ । 

 

ती बालिकालाई बलात्कार गरी हत्या गरिएको खुलेको छ । बलात्कार गरी घरभन्दा केही परको जङ्गलमा लगेर ती बालिकाको शव गाडिएको अवस्थामा भेटिएको थियो । 

 

पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाणहरु जम्मा भइरहेको प्रहरीले जनाएको छ । उता पक्राउ परेकी एकजना महिला भने ती बालिकाकी सौतेली आमा हुन् । 

 

हत्या गरी ती बालिकाको शव गाडिएको समाचारले भारतभर शोक छाएको बताइएको छ । भारतमा हुने गरेका निर्मम हत्या र बलात्कारका घटनाको पछिल्लो दर्दनाक यो घटनाले सबै भारतीय स्तब्ध बनाएको सञ्चारमाध्यमहरुले दिएका छन् । 

 

भारत प्रशासित काश्मिरको बरमुल्लाह जिल्लामा सो घटना भएको हो । ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा लगेर गाडिएको प्रहरीले बताएको छ । 

 

उनी बेपत्ता भएको १२ दिनपछि ती बालिकाका पिताले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले खोज्ने क्रममा मङ्गलबार उनको शव भेटेको थियो । 

 

त्यस हत्यामा ती बालिकाकी सौतेली आमाको पनि हात रहेको आशङ्का प्रहरीले गरेको छ । बालिकासँग उनकी सौतेली आमा सधैँ रिसाउने गरेकाले यस घटनामा उनको पनि हात रहेको अनुमान प्रहरीले गरेको छ । 

 

गएको अगष्ट २४ मा ती सौतेली आमाले आफ्नै १४ वर्षीय छोरा र उनका १४ र १९ वर्षका साथीलाई ल्याएर ती बालिकालाई बलात्कार गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । 

 

ती बालिका गएको २४ अगष्टदेखि हराएको सूचना आएपछि उनलाई उनकै आमाले जङ्गलतर्फ लगेको देखेको गाउँलेले बताएका थिए । 

 

छत्तीस वर्षीय तिनै सौतेली आमाले नै बञ्चरोले टाउकोमा हानेर ती बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ । 

 

यस हत्यामा अर्को एकजना २८ वर्षीय स्थानीयको पनि हात रहेको अनुमान गरिएको छ । उसलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । 

 

ती महिलाको छोरासहितका तीन जना बालकले भने बलात्कार र हत्यामा आफूहरुको हात रहेको स्वीकार गरेका छन् । प्रहरी अनुसन्धानका क्रममा उनीहरुले स्वीकार गरेको प्रहरी प्रतिवेदनमा जनाइएको छ । 

 

भारतमा पछिल्लो समयमा यस्त बलात्कारका घटनाका विरुद्धमा कडा कारवाहीको कानूनी व्यवस्था गरिएको भए पनि घटनामा कमी भने आएको छैन । 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।