तीन किशोरीलाई बलात्कार गरेकाे अभियाेगमा तीन युवक पक्राउ

सांकेतिक तस्वीर

भक्तपुर । एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 

पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई पक्राउ गरेको छ ।

 

गत वैशाख २८ गते सर्लाही हरिवन नगरपालिका–११ घर भई हाल सल्लाघारी बस्ने ती बालिकालाई पटकपटक बलात्कार गरेको अभियोगमा पीडित किशोरीकी आमाले जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

 

त्यसैगरी सूर्यविनायक नगरपालिका–९ नङ्खेलको सिटी गाउँ होटलमा गत वैशाख २७ गते लगेर डर धम्की दिई १५ वर्षीया अर्की किशोरीलाई बलात्कार गरेको अभियोगमा बर्दिया बैदी नगरपालिका–१० घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २० वर्षीय आशिष चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । किशोरीकी आमाले किटानी जाहेरी दिएपछि पक्राउ गरेको उनले जानकारी दिए । 

 

यसैगरी सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ । 

 

पक्राउ परेका तीनै जनालाई नै हिरासतमा राखेर जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरी आवश्यक अनुसन्धान अगाडि बढाएको बताए । (रासस)


थप समाचार

गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

  • 9 minutes ago
गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

बैठकले सल्लाहकार समिति, विधान समिति तथा ट्रस्टी बोर्डको चयनका साथै कार्यविभाजन र भावी कार्यक्रमहरु तय गरेको छ ।

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 5 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 7 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।