Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनमा हाइड्रोजनबाट चल्ने ४ सिटे विमानको उडान सफलतापूर्वक सम्पन्न

चीनमा हाइड्रोजनबाट चल्ने ४ सिटे विमानको उडान सफलतापूर्वक सम्पन्न


एजेन्सी । चीनमा हाइड्रोजन इन्धनबाट चल्ने विश्वकै पहिलो चार सिटे विमानले सफलतापूर्वक उडान सम्पन्न गरेको छ । विमानले उत्तरपूर्वी चीनको लियोनिङ प्रान्तको शेनयाङमा पहिलो उडान सम्पन्न गरेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

यो विमान चीनले आफैँ बनाएको हो । चीनले हरितगृह ग्यास उत्सर्जनलाई घटाउने आफ्नो योजनामा हाइड्रोजन विमानको उडान सफल हुनुलाई महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको जनाएको छ । उडानमा पर्याप्त शक्ति, उत्कृष्ट गति र निकै कम कम्पन तथा आवाज आएको पाइलटले उल्लेख गरेका खबरमा उल्लेख छ ।

यो विमानले अरू विमानजस्तै उडान गर्ने र सामान्य विमानस्थल नै उडान अवतरणका लागि पर्याप्त हुने पनि जनाइएको छ । हाइड्रोजन ग्यास चुहावट र यसबाट हुने सम्भावित विस्फोटहरू रोक्न सबै खालका सुरक्षा उपकरण राखिएको छ । हाइड्रोजन इन्धनबाट चल्ने विमानले अरू विमानको तुलनामा ४० प्रतिशत कम कम्पन उत्पन्न गर्ने र यसले पाइलटलाई धेरै नै सजिलो हुने विमान निर्माणमा संलग्न इन्जिनियरहरूले बताएका छन् ।

हाइड्रोजन सबै प्रकारका ऊर्जाभन्दा स्वच्छ र मूल्यवान् छ । हाइड्रोजन इन्धनबाट चल्ने विमानको कार्बन उत्सर्जन लगभग शून्य नै रहने खबरमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT