IIMS College

ISMT

HUB Education

हैदरबाद प्रकरण : डाक्टर महिलालाई मदिरा पिलाए, सामूहिक बलात्कार गरे, त्यसपछि पेट्रोल छर्केर जलाए !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । हाम्रो छिमेकी मुलुक भारतमा मानवता हराउँदै गएको विभिन्न अपराधिक क्रियाकलापले देखाउँदै आएको छ । केही दिन अघि मात्रै भारतको हैदरबादमा एक महिला डाक्टरलाई सामूहकि बलात्कारपछि निर्मम हत्या गरी पेट्रोल छर्केर जलाइएको थियो । 

 

यसै विषयलाई लिएर अहिले भारतको विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । त्यहाँका महिलाहरु सडकमा उत्रेका छन्, र यस विषयलाई लिएर गम्भीर प्रश्न गरिरहेका छन् । यसैबीच त्यहाँका प्रहरीले घटनामा संलग्न आरोपीहरुको जन्म कुण्डली पनि सार्वजनिक गरेको छ ।

 

त्यहाँका स्थानीय प्रहरीका अनुसार २७ नोभेम्बर राति ती महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अपहरण गरेका थिए । सुनसान ठाउँमा लेगर मदिरा पिलाए र सामूहिक बलात्कार गरेका थिए ।

 

यसरी सामूहिक बलात्कार गरिसकेपछि एक आरोपीले ती महिलाको मुख र नाक बन्द गरेर हत्या गरिदिए । त्यसपछि उनीहरुले त्यहाँबाट २७ किलोमीटर टाढा लगेर पेट्रोल छर्केर जलाइदिए । ती महिलाको जलाइएको शबसँगै उनको फोन र घडी पनि मिल्काईराखे ।

 

यी चारै जना आरोपीहरु सानैदेखिका साथी–साथी हुन् । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन्, भने उनका अन्य तीन जना साथीहरु क्लिनर हुन् । 

 

प्रहरीले घटनामा संलग्नहरुको विवरण यसरी प्रस्तुत गरेको छ :

 

आरोपी नम्बर १ :

नाम– आरिफ

उमेर–२६ वर्ष

पढाई–कक्षा १०

 

आरोपी नम्बर २ :

नाम–शिव

उमेर २० वर्ष

 

आरेपी नम्बर ३ :

नाम–नवीन कुमार

उमेर–२० वर्ष

 

आरोपी नम्बर ४ :

नाम – चेन्ना बाबु

उमेर–२१ वर्ष

 

प्रहरीका अनुसार शिवाले आफ्नो सबै साथीहरुका लागि मदिरा ल्याएका थिए । यसैबीच आरिफले पीडित महिलालाई जबरजस्ती गरेसँगै चारै जना मिलेर सुनसान ठाउँमा लगे । यसरी सुनसान ठाउँमा लगेर सामूहिक बलात्कार गरेपछि आरिफ आफैले ती महिलाको नाक र मुख बन्द गरेर हत्या गरेका थिए । त्यसपछि शिवाले पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।

 

यसरी महिला डाक्टरलाई सामूहिक बलात्कारपछि निर्मम हत्या गरी उनीहरु चारै जना आ–आफ्नो घर गए । प्रहरीले ती महिलाको जलेको शब शमशाबादको बाहिरी इलाकामा भेटाएको थियो ।

 

प्रहरीको रिमांड कपीका अनुसार २७ नोभेम्बर राति १० बजेदेखि विहान ४ बजेको समयमा यस अपराधिक क्रियाकलाप गरेका हुन् । प्रहरी नियन्त्रणमा परेका चारै जना आरोपीहरुलाई १४ दिनको रिमांडमा पठाइएको छ । यस घटनाको सुनुवाई फास्ट ट्र्याक कोर्टमा चल्नेछ ।

 

हैदरबादबाट ५० किलोमिटर टाढा रहेको पुलिस थानासम्म ‘हामीलाई न्याय चाहिन्छ’ भन्दै स्थानीयले धर्ना दिइरहेका छन्, जहाँ महिलाहरु सामेल छन् । उनीहरुले आरोपीहरुलाई चाँडो भन्दा चाँडो फाँसी दिन माग गरिरहेका छन् ।

 


थप समाचार

यि हुन सागमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु

  • 6 minutes ago
यि हुन सागमा  स्वर्ण जितेका खेलडीका केही तस्विरहरु

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 34 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा

क्रिकेटर बन्दै तापसी !

  • 45 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।