यसरी भयो १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार अनि हत्या

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सो घटनामा संलग्न अभियुक्तलाई यथाशक्य चाँडो पक्राउ गरी सत्यतथ्य बाहिर ल्याउन दबाब खेपिरहेको प्रहरीले घटनाको २५औं दिन अभियुक्तलाई पक्राउ गरेको हो । गत ११ साउनमा किशोरी पन्तको हत्या भएको थियो ।

 

पक्राउ परेका अभियुक्त भीमदत्त नगरपालिका–१९ खन्ना चौराहाका ४१ वर्षीय ९दिलुवा० भनिने दीलिपसिंह विष्टलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र कञ्चनपुर प्रहरीको टोलीले भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका विष्टलाई पक्राउ गरेको हो ।

दैनिकजसो प्रदर्शन, आन्दोलनकारीको लामो दबाबपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा विष्टलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अभियुक्त विष्टले बयानमा आफूले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको थियो ।

 

यसरी भयो बलात्कार अनि हत्या

 

पन्त गत १० साउनमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेकी साथी रोशनी बमको घरमा बिहान करिब ११ बजेर १५ मिनेट जाँदा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी थिइन् । त्यहाँ झन्डै दुई घण्टाको बसाइपछि उनी तीनवटा नोटकापी, एउटा कालो प्लास्टिकमा अम्बा र रोशनीले दिएको २० रुपैयाँ बोकेर करिब सवा २ बजे घर फर्किइन् ।

 

उनी भीमदत्त नगरपालिका–१८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पूर्व उत्तरतर्फको उखुबारी हुँदै फर्केकी थिइन् । 

 

निर्मलाको साइकलको चेन बिग्रिरहने समस्या थियो । बाटोमा हिँडिरहेका बेला साइकलको चेन खराब भएको थियो । चेन खराब भएपछि विष्टले बनाइदिएका थिए । एकान्त सो ठाउँमा कोही नदेखेपछि उनले उखुबारीमा लगेर पन्तलाई बलात्कार गरेका थिए । बलात्कारपछि उनले हत्या गरेका थिए ।

 

‘बलात्कार गर्दा योनीबाट रगत बगेपछि पक्राउ पर्ने डरले घाँटी थिचेर हत्या गरेको हुँ,’ अभियुक्त विष्टको बयान उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्ली विष्टले भने । करिब साढे २ देखि ३ बजेको बीचमा बलात्कार र हत्याको घटना भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

 

घटना सार्वजनिक भएको भोलिपल्टै केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक अंगुर जीसी, प्रहरी निरीक्षक विजय सापकोटा र प्रहरी नायब निरीक्षक धर्मेन्द्र राई नेतृत्वको टोली अनुसन्धानका लागि कञ्चनपुर पुगेको थियो । अनुसन्धानमा संग्लन प्रहरी टोलीले कञ्चनपुरस्थित जिल्ला कारागारबाट बलात्कार र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरेर छुटेका पूर्वकैदीहरूको गतिविधि निगरानी गरिरहेको थियो ।

 

विष्टमाथि शंका लागेर प्रहरीले आइतबार राति ८ बजे भीमदत्त नगरपालिका–१९ खन्ना चौराहानजिकै नहरबाट पक्राउ गरेको भए पनि सार्वजनिक नगरी अनुसन्धान गरेको थियो ।

 

आफ्नै कान्छा भिनाजु नारायणसिंह थापाको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका दीलिप २०७४ जेठमा मात्रै कैद सजाय पूरा गरेर छुटेका थिए । नौ वर्ष हत्या आरोपमा कारागार बिताएर आएका उनले होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए ।

 

दीलिपलाई जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कञ्चनपुरले म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

 

कञ्चनपुर प्रहरी र सीआईबीको टोलीले दीलिपको विगतसमेत आपराधिक पृष्ठभूमिले भरिएको बताएको छ । गाँजा र मादक पदार्थका अम्मली रहेका दीलिप ९ कक्षामा पढ्ने बेलामा नै एक युवतीसँग एकोहोरो मायामा परेका थिए । मन पराएकी युवतीलाई बारम्बार बाटो छेक्ने र दुःख दिने गरेपछि युवतीका आफन्तले उनलाई टाउकोमा चोट पर्नेगरी कुटपिट गरेका थिए । त्यसपछि पढाइ छाडेका दीलिपले केटीप्रति आशक्त व्यवहार देखाउने र असामान्य व्यवहार देखाउने गरेका थिए । ब्युरोले दीलिप यसअघि पनि विभिन्न बलात्कारको घटनामा संग्लन रहेको र परिवारका निम्ति समेत त्रास बन्ने गरेका बताएको छ । नौ वर्ष जेल गएर आएको हो अब फेरि एक जनाको हत्या गरेर जेल जानेछु भन्दै उनले परिवारका सदस्यलाई तर्साउने गरेको प्रहरीले जनाएको छ । आजको राजधानी दैनिकबाट ।


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 3 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 8 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।