रमणीय रारा - 'रारा कि अप्सरा'

  • शुक्रबार, १ चैत, २०७५
  • 3 days ago
  • नेपाल
source-google

‘मुगु राम्रा रारा ताल, शुभ भए आउने साल’ अजबहादुर शाहीको यो देउडाजस्तो रारा मुगुको मात्र होइन संसारकै सुन्दर ताल हो । हिमाली जिल्ला मुगुमा रहेको यो ताल जैविक तथा प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण छ । ६८१७ मिटर अग्लो काञ्जिरोवा हिमालको काखमा छ । हिउँले छोपेको रारा युरोपको स्विट्जरल्यान्डभन्दा कम छैन । 

 

मौसम खुलेका बेला रारा ताल आकाश हेर्ने ठूलो ऐना हो । नीलो पानीको क्यानभासमा आकाश रोमाञ्चक देखिन्छ । करिब १ सय ७० मिटर गहिरो यस तालको जस्तो गाढा नीलो पानी शायद संसारमा बिरलै यस्तो भेटिएला ।

 

रारा नेपालको सबैभन्दा ठूलो ताल हो । हिमालको फेदमा रहेको यो ताल रूप फेरिरहन्छ । प्रत्येक कुनाबाट फरक दृश्य देखिने रारा मौसमअनुसार फेरबदल भइरहन्छ । रारा वरिपरिको परिदृश्य र यसको पानीको रंग छेपाराका जस्तै रंग फेरिरहन्छ । तालको नीलो पानीमा कान्जिरोवा तैरिरहेको देखिन्छ । मध्यान्हको प्रकाशमा किरणमा नाचिरहेका पानीका थोपा हीराजस्ता लाग्छन् । स्नो ट्राउट माछा, हाँस, जलेवालगायतको जलक्रिडाले थप उत्तेजित बनाउँछ ।

 

१० हजार फिट उचाइमा रहेको रारा ताल करिब ८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको लम्बाइ ५ र चौडाइ २ किलोमिटर छ । रारालाई फन्को मार्न चाहनेका लागि गोरेटो बाटो बनाइएको छ, ताल वरिपरि फन्को मार्न ८ देखि १० घण्टा समय लाग्छ । करिब १५ दिनको यात्राले त्यस क्षेत्रका सम्पूर्ण प्राकृतिक दृश्यको आनन्द लिन सकिन्छ ।

 

ढुंगा चढेर तालको आनन्द लिँदाको मजा नै बेग्लै । स्थानीय वेशभूषा र आकर्षक जीवनशैली यहाँका अन्य हेर्नलायक कुराहरू हुन् । यहाँ बस्न र खानाका लागि केही लजहरूको पनि व्यवस्था गरिएको छ ।

 

लामो यात्रा गर्न मन छ भने रारा ताल घुम्न जानु उपयुक्त हुन्छ । काठमाडौंबाट रारा ताल पुग्ने दुईवटा विकल्प छन्– सडक र हवाई यातायात । पैदल हिँड्ने हो भने सुर्खेतबाट २ दिनको यात्रा गरेपछि सिंजा उपत्यका पुगिन्छ । सिंजाबाट एकदिनको यात्रापछि मुगुको गमगढी पुगिन्छ । त्यहाँबाट ३ घण्टाको पैदल यात्रापछि रारा पुगिन्छ ।

 

हवाई यात्राका लागि भने नेपालगन्ज र सुर्खेत विमानस्थलबाट मुगुको ताम्चा विमानस्थलसम्म उडेपछि तीन घण्टा पैदलयात्रा गर्नुपर्छ रारा पुग्न । हेलिकप्टरबाट जाने हो भने मज्जैले खुट्टालाई आराम दिन सकिन्छ । हेलिकप्टरलाई तालकै छेउमा अवतरण गर्न सकिन्छ ।

 


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 5 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 6 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।