IIMS College

ISMT

HUB Education

कस्तो होला तपाईको आजको दिन ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । आज वि.सं.२०७६ साल असार २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुलाई १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । तिथि एकादशी,५२ घडी २९ पला,रातको ०२ बजेर १७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र विशाखा,३३ घडी २२ पला,बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त अनुराधा । योग साध्य,११ घडी २० पला,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त शुभ । करण वणिज,दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर १७ मिनेट उप्रान्त बल । आनन्दादिमा मातंग योग । चन्द्रराशि तुला,मध्यान्ह १२ बजेर ४४ मिनेट उप्रान्त बृश्चिक । हरिशयनी एकादशी व्रत। तुलसी रोपण। चतुर्मास व्रत प्रारम्भ।काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी १८ पला । 

 

मेष

बिहानको समय राम्रो रहेकोले एकल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानि कम हुनेछ । असम्यम् व्यबहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।

 

बृष

व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । पर्यटन तथा यात्रा सँग सम्बन्धित क्षेत्रमा लगानि गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारि व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

 

मिथुन

मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिष्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावलि पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समधात हुने योग रहेकोछ ।

 

कर्कट

अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा अग्रज सँग राय बाजिनेछ । 

 

सिहं

बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

 

कन्या

माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् ।

 

तुला

पहिले गरेका कामबाट मनग्गे आम्दानि हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिष्पर्धिहरु हार खानेछन् भने तपाईको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरण तथा हास खेलमा समय बित्नेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ ।

 

बृश्चिक

नया प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनितिकर्मि हरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागि मेहनेत गरि अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । लामो समयदेखी बिछोड भएका मित्रहरु सँग भेट हुनाले दिन रमाईलो गरि बिताउन सकिनेछ । बिहानको समयमा लामो दुरिको यात्राको तय हुनेछ । 

 

धनु

बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गति सँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरिको यात्राको प्रवल सम्भावना रहेकोछ ।

 

मकर

कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खनिज पदार्थ तथा पानि सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । 

 

कुम्भ

बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ ।  नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुनेछ । 

 

मीन

लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानि हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने घरायरि सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ । बिहानको समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ ।


थप समाचार

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

  • 14 minutes ago
छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

  • 21 minutes ago
अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन

महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा नेपालको स्थान सुधार

  • 44 minutes ago
महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा नेपालको स्थान सुधार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औँ स



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।