यस्तो सोमबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल मंसिर १७ गते । सोमबार । ईश्वी सन् २०१८ डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । 

 

तिथि एकादशी, १८ घडी ५० पला, दिउँसो ०२ बजेर १२ मिनेट उप्रान्त दुवादशी । नक्षत्र चित्रा, ५४ घडी २३ पला । योग सौभाग्य,५२ घडि १७ पला । करण वालव, दिउँसो ०२ बजेर १२ मिनेट उप्रान्त कौलव, रातको ०१ बजेर ३४ मिनेट उप्रान्त कौलव । 

 

आनन्दादिमा मुद्गर योग । चन्द्रराशि कन्या, बेलुकी ०४ बजेर ४१ मिनेट उप्रान्त तुला ।  उत्पत्तिका एकादशी व्रत। विश्व अपाङ्ग दिवस । काठमाडौंमा सूर्योदय ०६ बजेर ४० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०७ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा लगानि बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिष्पर्धा गर्नुपरेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । पढन पाढनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउँन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । 

 

प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउँन सकिनेछ । बिवाद  प्रतिष्पर्धामा बिपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । साझपख भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सुधारात्मक क्षेत्रमा गरिएको लगानि त्यसै खेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा गरिएको लगानी बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरु आज टाडै बस्नु उचित छ माया प्रेममा धोका हुँन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ । साझपख समय राम्रो रहेकोले बिद्या तथा प्रतिष्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनीतिमा प्रतिश्पर्धिहरु हावी हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरु माझ राम्रो काम गरी प्रसिद्धि कमाउँन सकिनेछ । साझपख समय मध्ययम रहेकोले सवारी साधन तथा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानि गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तब्य भेटाउँन सकिनेछ । साझपख समय राम्रो रहेकोले छोटो दु।रीको यात्रा गर्न सकिनेछ । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । साझपख खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कर्म प्राप्तीको निम्ति लामो दुरिको यात्रा हुनेछ । अवसरको खोजिमा दौडधुप गर्नुपर्ने समय रहेपनि नतिजा भने न्यून हात पर्नेछ ।  आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउँबाट प्रेम प्रस्ताब आउनेछ ।  ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ । साझपख खर्च भावमा प्रवेश गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्राको योग रहेकोछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । साझपख प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । धर्म सस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी बाताबरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । साझपख समय राम्रो रहेकोले बुवा अथवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  व्याक्तिगत समस्या बढ्नेछ भने काम बढेपनि आम्दानी भने न्युन हुनेछ ।  न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । पढाई लेखाईमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ । साझपख धार्मिक यात्राको तय गर्न सकिनेछ । 

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो प्रगति हुने हुदा मन प्रशन्न रहनेछ । भौतक बस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझपख सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । 


थप समाचार

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

  • 10 hours ago
अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

राजदूत डा सुवेदीले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

  • 11 hours ago
चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश

समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

  • 11 hours ago
समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

काठमाडौँ । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

विचित्र विश्व

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ ।