Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘फस्दै गएछु…’ मा बाल मनोविज्ञानको चित्रण

‘फस्दै गएछु…’ मा बाल मनोविज्ञानको चित्रण


काठमाडौँ । किड्स क्यापिटल नेपाल २०२३ का विजेता दिप्शन चिलुवाल तथा किड्स क्यापिटल नेपाल २०२२ की पब्लिक च्वाइस अवार्ड विजेता आश्रिया थापाको डेब्यू अभिनय रहेको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक सुमन केसीको स्वरको ‘फस्दै गएछु…’ बोलको गीतको म्युजिक भिडियो किड्स क्यापिटल नेपाल २०२३ दिप्शन चिलुवालको जन्मोत्सवको अवसर पारेर काठमाडौंमा प्रीमियर गरिएको हो ।

प्रीमियर शोमा भिडियो अवलोकनपछि काठमाडौं यूरो स्कूलका निर्देशक तथा प्रिन्सिपल डा.दिपक गुप्ता तथा लिटल पेगासस मन्टेश्वरीका प्रिन्सिपल यूरल पाण्डेले बाल मनोविज्ञानमा आधारित विषयवस्तु समेटिएको भिडियो निकै प्रभावकारी रहेको प्रतिक्रिया दिए । उनीहरुले बाल मनोविज्ञानको प्रयोगले फरक शैलीको भिडियो तयार भएको बताएका छन् ।

आधुनिक शैलीको यो गीतमा अभिनेता एसराज गराच तथा अभिनेत्री साक्षी लम्सालले पनि अभिनय गरेका छन् । भिडियोमा दिप्शन र साक्षीको अभिनयले दर्शकलाई प्रभावित बनाउने निश्चित छ ।

डिपी खनालका शब्दहरुको उक्त गीतलाई देवेन्द्र बरालले संगीतबद्ध गरेका छन् । पुष्कर सुनुवार यो गीतका संगीत संयोजक हुन् ।

फ्ल्याग अन मोशन पिक्चर्सको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी तथा संकल भुजेलको छायांकन रहेको छ ।

दीपेन्द्र चिलुवाल तथा सजना केसीद्वारा निर्माण गरिएको यो भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । शिशिर खातीले यो भिडियोको निर्देशन गरेका हुन् ।

आईएमई पेको सहभागिता रहेको कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा अतिथिको रुपमा सहभागि नृत्य निर्देशक कृष्ण बिक, अभिनेता श्रीदेव भट्टराई, कलाकार गोपाल ढकाल, निर्देशक रोशन श्रेष्ठले पनि भिडियोमा बाल कलाकारद्वय दिप्शन तथा आश्रियाको अभिनयको प्रशंसा गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

Techie IT